यु-१९ एसिया कपको उपाधि भारतलाई

काठमाडौं । श्रीलंकामाथि सानदार जितसहित भारतले यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा सम्पन्न फाइनलमा वर्षा बाधक बनेपछि तीन पटक लक्ष्य परिवर्तन भएको खेलमा भारतले नौ विकेटको जित पायो ।
वर्षाका कारण ३८ ओभरमा घटाइएको खेलमा श्रीलंकाले नौ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको थियो । तर, डिएलएस मेथडअनुसार सुरुआतमा भारतले ९९ रनको लक्ष्य पाएको थियो । यद्यपि दोस्रो पटक लक्ष्य परिवर्तन भएपछि भारतले जितका लागि ३२ ओभरमा १०२ बनाउनु पर्ने थियो ।
सोही लक्ष्य भारतले २१.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा ओपनर अंक्रिश रघुवंशीले अविजित ५६ रनको अर्धशतकिय इनिङ खेले । सैक रसिदले ३१ रनको योगदान दिए । यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित ३८ ओभरमा नौ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको थियो ।
श्रीलंकाका यासिरू रोड्रिगोले सर्वाधिक १९ रन बनाएका थिए । यस्तै रविन डी सिल्भाले १५, मथिसा पथिराना र सदिसा राजापाक्षेले समान १४ रन जोडेका थिए । भारतका बिक्की ओस्तवालले तीन विकेट लिएका थिए । त्यस्तै कुशल तम्बेले दुई, राजवर्धन हंगरगेकर, रवि कुमार र राज बावाले एक/एक विकेट हात पारेका थिए ।









जापानमा बेरोजगारी दर २.६ प्रतिशत
मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
कालीकोटमा सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो
विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रतिक्रिया