२० हजार परीक्षण गर्दा ३८२ संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ९५९ जनाको परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म चार हजार ९६९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय थप २५२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार २१० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको पनि निधन भएको छैन । पाँच सयभन्दा बढी संक्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् ।
यस्तै शून्य संक्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् । नेपालमा संक्रमणदर १७ प्रतिशत रहेको छ । हाल होमआइसोलेशनमा चार हजार ७२८, संस्थागत आइसोलेशनमा २४१ आइसीयूमा ८९ र भेन्टिलेटरमा २७ जनाको उपचार हुँदैछ । त्यसैगरी पछिल्लो समय ५९ हजार ११२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।










काठमाडौँको तापक्रम आज यस वर्षकै कम
जेनजी आन्दोलनमा भागेका दुई नाबालकसहित ११ कैदी पक्राउ
पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा
काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया