२० हजार परीक्षण गर्दा ३८२ संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ९५९ जनाको परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म चार हजार ९६९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय थप २५२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार २१० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको पनि निधन भएको छैन । पाँच सयभन्दा बढी संक्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् ।
यस्तै शून्य संक्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् । नेपालमा संक्रमणदर १७ प्रतिशत रहेको छ । हाल होमआइसोलेशनमा चार हजार ७२८, संस्थागत आइसोलेशनमा २४१ आइसीयूमा ८९ र भेन्टिलेटरमा २७ जनाको उपचार हुँदैछ । त्यसैगरी पछिल्लो समय ५९ हजार ११२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया