राम्रो काम गर्दा घेराबन्दी भयो : महासचिव पोखरेल

बाँके । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फ घेराबन्दी भएको गुनासो गरेका छन् ।
एमाले बाँकेले आज नरैनापुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले जनताले रुचाएकै कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको दाबी गरे । “जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन्”, महासचिव पोखरेलले भने, “एक प्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा हाम्रो पार्टीलाई एक्लो बनाउने प्रयास पनि भएको छ ।”
एमालेले देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गर्दा चौतर्फी आक्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको उनले प्रष्ट पारे । महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा बाँकेको नरैनापु्र गाउँपालिका क्षेत्रको शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा योजनाका साथ काम गरेको उल्लेख गरे ।









तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल
पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल
पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया