सुदूरका पहाडमा भुवाको रौनक

कैलाली । बाजुरासहित सुदूर पश्चिमका पहाडी जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको छ । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् ।
पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ । भुवा पर्व पुषेऔंसीका दिनबाट सुरु हुन्छ । जिल्ला बासीले दशैं तिहार पछि भुवा पर्वलाई नै बिशेष महत्वको पर्वका रुपमा मनाउने गर्दछन् । आफन्तसँगको भेटघाट, आपसी रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधीभर रमाईलो गर्ने गरिन्छ । यो पर्व तीनदेखि पाँचदिनसम्म मनाइने गरिन्छ । जिल्लाका बह्मतोला, मार्तडी, आटीचौर, बाह्विस, जुगाडा, कुल्देवमाण्डौ सहीतका क्षेत्रमा भव्य रुपमा मनाउने गर्दछन् ।
ब्रह्मतोलामा यो वर्ष हरिनो जात्रा पनि परेको छ । पाण्डवहरुले जीत पछि खुसीयाली स्वरुप उत्सव मनाउँदा गरेका झाँकी सहीत लाखे नाचहरु प्रर्दशन गर्ने गरिन्छ । पौराणिक कालमा पाण्डव र कौरव बीच भएको लडाइको सम्झना स्वरुप युद्ध कलाका हतियार प्रयोग गरी भुवा पर्व खेल्ने परम्परा रहेको भुवा पर्वका जनाकारहरु बताउँछन् । यस पर्वलाई असत्य माथि सत्यको विजय भएको दिनको रुपमा पनि लिने गरिन्छ । भुवा पर्वको अवधिभर पुरुषहरु हातमा तरवार र खुकुरी लिएर युद्ध कलाको प्रर्दशनी गरी आत्मियता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ । लोक सँस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रुपमा परापूर्व कालदेखि मनाइदै आएको छ ।
भुवाको सुरुको दिनको राती राँके जुलुस निकालेर रातभर गीत मागल गाउने र दिनमा युद्ध कला प्रर्दशन गर्ने प्रचलन रहेको छ । भू क्रियामा आ प्रत्यय लागेर निर्माण भएको भुवालाई भूको अर्थ पृथ्वी र आको अर्थ चारैतिर हुन्छ । जसलाई पृथ्वीको चारैतिरको रमाइलो वा खुसीयाली छाउने अर्थका रुपमा पनि विश्लेषण गरिएको छ । पुरुषहरुको पर्वका रुपमा लिइने यस पर्वलाई पछिल्लो सयममा महिलाहरुले पनि हातमा तरवार ढाल लिएर खेल्ने गरेको पाइन्छ । भुवा पर्वलाई रमाइलो र महिमाका आधारमा जिल्ला बासीले दशै तिहार भन्दा बढी महत्वका साथ मनाउने गर्दछन् । यस अवधिभर मीठो मसिनो पकाएर खाने भगवान, कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डव गौरव गाथा गाउने प्रचलन रहेको छ । होरिनुकमा पाण्डवले प्रयोग गरेका हुलिया जस्तै वस्तुको प्रर्दशनसँगै त्यो अवस्थामा साथ दिने जंगली जनावरका तस्वीरहरु पनि लाखे नाचको माध्यमबाट मनाउने गरिन्छ ।
जिल्ला बासीको पहिचान सँग जोडिएको पर्व अवधीभर अधिकांश विद्यालय आधा दिन बन्द हुने गरेका छन् । पञ्चेबाजाका साथ खेलिने भुवा पर्व बाजुरा लगाएत सुदुरपश्चिमका अछाम, डोटी, बझाङ्ग लगायतका जिल्लामा पनि मनाउने प्रचलन रहेको छ । भुवा पर्वकै अवसर पारी सुदूरपश्चिम प्रदेश सरकारले आइतबार बाजुरा लगायत अछाम र बझाङमा पनि सार्वजनिक विदा दिएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया