वाट्फोर्डलाई हराउँदै टोटेनहम छैठौं स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शनिवार राती भएको खेलमा टोटेनहमले वाटफोर्डलाई पराजित गरेको छ ।
वाट्फोर्डलाई १– ० गोल अन्तरले हराउँदै टोटेनहम लिगको छैठौं स्थानमा उक्लिएको छ ।
वाट्फोर्डको मैदानमा टोटेनहमलाई जिताउन डेभिनसन सान्चेजले निर्णायक गोल गरेका थिए । ९० मिनेटपछिको इन्ज्यूरी समयमा सान्चेजले टोटेनहमलाई जित दिलाउन निर्णायक गोल गरे ।
जितसँगै टोटनहम महत्वपूर्ण तीन अंक जोड्दै छैटौं स्थानमा उक्लिएको हो । योसँगै टोटेनहमको १८ खेलबाट ३३ अंक रहेको छ भने वाट्फोर्ड १४ अंक जोडेर १७ औं स्थानमा धकेलिएको छ ।
शनिवार रातीकै खेलमा म्यान्चेष्टर सिटीले आर्सनललाई २–१ ले पराजित गर्दा वेष्ट ह्यामले क्रिष्टल प्यालेसलाई ३–२ ले पराजित गरेको छ । ।
सिजनको जारी लिगमा म्यान्चेष्टर सिटी ५३ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको चेल्सीको ४२ अंक र तेस्रो स्थानको ४१ अंक रहेको छ ।









चितवनमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न
सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटल
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकाेमा एशोसियसनको आपत्ति
इन्डोनेसियामा बाढीमा परी मृत्यु हुनेको संख्या ८४ पुग्यो
एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया