विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो

न्युयोर्क । विश्वको जनसंख्या ७ अर्ब ४० लाख बढेको छ । अमेरिकी तथ्यांक व्यूरोका अनुसार यो सँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ ।
जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको जनसंख्या १ अर्ब ३८ करोड पुगेको छ । आगामी तीन वर्षभित्र भारतले चीनलाई उछिन्ने अनुमान गरिएको छ ।
तीन वर्षपछि भारतले चीनलाई उछिन्ने
व्यूरोका अनुसार जनसंख्याको दृष्टिले अमेरिका विश्वकै तेस्रो ठूलो देश बनेको छ । अमेरिकाको जनसंख्या ३३ करोड २० लाख पुगेको छ । जनसंख्याका हिसाबले अमेरिकापछि इन्डोनेसिया र पाकिस्तान क्रमशः चौंथो र पाँचौं ठूलो देश बनेका छन् । इन्डोनेसियाको जनसंख्या २७ करोड ५० लाख छ भने पाकिस्तानको २३ करोड ८० लाख नाघेको छ ।
सन् २०२१ मा विश्वको जनसंख्या शून्य दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । समग्रमा विश्वको जनसंख्या बढे पनि बृद्धि दर भने सन् १९६० को मध्यदेखि निरन्तर घटिरहेको छ । सन् २१०० भन्दाअगाडि यो दर फेरि बढ्ने विज्ञहरुले अनुमान गरेका छन् ।
राष्ट्रसंघले पनि विश्वको जनसंख्या सन् २१०० सम्म निरन्तर बढ्ने र तर, यस्तो वृद्धि केही क्षेत्रमा मात्र केन्द्रित हुने जनाएको छ ।
व्यूरोका अनुसार आगामी केही दशकमा केवल आठ देशहरुमा मात्र जनसंख्या बढ्नेछ । ती देशहरुमा कंगो, इजिप्ट, इथोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, तान्जेनिया र अमेरिका रहेका छन् ।
यो शताब्दीको अन्त्यमा ५५ देशको जनसंख्या एक प्रतिशतभन्दा बढीले घट्नेछ । राष्ट्रसंघले पनि बुल्गेरिया, लात्भिया, लिथुनिया र युक्रेनको जनसंख्या २० प्रतिशतले घट्ने जनाएको छ ।
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया