लिभरपुल प्रशिक्षक क्लोपले चेल्सीविरुद्धको खेल गुमाउने
काठमाडौं । इंग्लिस क्लब लिभरपुलका म्यानेजर योर्गन क्लोपले आइतबार हुने चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् । ५४ वर्षीय क्लोपलाई कोडिभ–१९ पोजिटिभ देखिएपछि लिभरपुलको टच लाईन गुमाउने भएका हुन् ।
क्लोप नहुने भएसँगै टोलीका सहायक प्रशिक्षक पेप लिजन्डर्सले स्टाफोर्ड ब्रिज भ्रमण गर्नेछन् । गत शुक्रबार क्लोपसँगै तीन खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । उनको अवस्था सामान्य रहे पनि आईसोलेसनमा बसिरहेका बीबीसीले जनाएको छ ।
आइतबार राति चेल्सी घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ ।
जारी लिगमा चेल्सी २० खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ भने १९ खेलबाट ४१ अंक बनाएको लिभरपुल तेस्रो स्थानमा छ ।
अघिल्लो दिनमात्र आर्सनलविरुद्ध पुनरागमन जित निकालेको म्यानचेष्टर सिटी २१ खेलबाट ५३ अंकसहित तालिकाको शीर्षस्थानमा रहँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।















ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
पारिजात सम्मान २०८२ बाट सम्मानित हुनेहरूको नाम घोषणा
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया