धनगढीमा नगदसहित ७ जना जुवाडे पक्राउ
मेरोन्यूज
२०७८ पुष १८ गते १६:२९

कैलाली । कैलालीको धनगढीबाट जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय टेकराज खनालको घरमा जुवातास खेलीरहेको अवस्थामा उनीहरुलाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा टेकराज खनालसहित कैलालीको गौरीगंगा नगरपालिका–१० का २६ वर्षीय भुमिराज चौधरी, सोही ठाउँका २५ वर्षीय अरबिन चौधरी र ३२ वर्षीय रमेश कठरिया रहेका छन् । यस्तै सोही ठाउँका २८ वर्षीय ज्ञानेन्द्र कठायत, कैलारी गाउँपालिका–८ का ३६ वर्षीय भिकराम चौधरी र सोही ठाउँका ३६ वर्षीय टेकबहादुर साउद रहेका छन् ।
उनीहरुको साथबाट ४२ हजार ६२५ नगद रुपैँया समेत बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सम्बन्धित















इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमणः युद्ध बढ्दै
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
इराकस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया