राजमार्ग अवरुद्ध गर्ने सिके राउतका पाँच कार्यकर्ता प्रहरीको गोली लागेर घाइते
मेरोन्यूज
२०७८ पुष १८ गते १६:३४

जनकपुर । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेपछि प्रहरीले रबरको गोली चलाउँदा जनमत पार्टीका पाँचजना कार्यकर्ता घाइते भएका छन् ।
घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सञ्जय साह छन् । जनकपुरस्थित प्रादेशिक अस्पतालमा उनीहरूको उपचारभइरहको छ । दुईजनाको गम्भीर र तीनजनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
राजमार्ग अवरुद्ध गरेकाले गोली चलाउनुपरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए । उनले भने, ‘राजमार्ग अवरुद्ध गर्न पाइँदैन । उनीहरूले राजमार्ग अवरुद्ध गरेर उदण्डता प्रदर्शन गरेकाले प्रहरी रबरको गोली चलाउन बाध्य भयो ।’ स्थिति नियन्त्रणमा लिन ११ राउन्ड रबरको गोली र १६ राउन्ड अश्रुग्यास प्रहार गरिएको बस्नेतले बताए ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
प्रतिक्रिया