राष्ट्रियसभा निर्वाचनको गणितः एमालेले ८ पद गुमाउने खतरा

काठमाडौं । राष्ट्रियसभा सदस्य पदका लागि देशैभरबाट २ हजार २५ जना मतदाता रहेका छन् । प्रदेशसभा सदस्य तथा नगरपालिका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षले राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई भोट दिन पाउनेछन् ।
राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि मतभार हिसाव गरी निर्वाचित हुने ब्यवस्था छ । प्रदेश सदस्यको मतभार ४८ र नगर प्रमुख–उपप्रमुख र गाउँपालिका अध्यक्ष–उपाध्यक्षको १८ मतभार हुन्छ ।
चार वर्षे अवधि पूरा गरी पदावधि सकिन लागेका १९ सांसद मध्ये एमालेको ८ सिट रहेको छ । सत्ता गठबन्धनले मिलेर उम्मेदवार दिएपछि एमाले गठबन्धनविरुद्ध एक्लै प्रतिष्पर्धामा उत्रिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि बारम्बार एमाले एक्लै लड्न तयार भएको भन्दै सबै मिलेर आउन चुनौति दिँदै आएका थिए । गठबन्धनसँग एक्लै भिड्दा गणितीय हिसावले एमालेले यसअघि पाएको ८ सिट गुमाउने सम्भावना देखिएको छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ९२ जना प्रदेशसभा सदस्य तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख गरेर २७२ जना मतदाता छन् ।
प्रदेश १ मा एमालेका सुमित्रा सुवेदी भण्डारी (महिला), सोनाम गेल्जेङ शेर्पा (अल्पसंख्यक) र गुरुप्रसाद बराल (अन्य)बाट उम्मेदवारी दिएका छन् । गठबन्धनबाट भने एकीकृत समाजवादीकी जयन्तीदेवी राई, जसपाका हेमराज राई र नेपाली कांग्रेसका गोपालप्रसाद बस्नेतले उम्मेदवारी दिएका छन् । प्रदेश १ मा माओवादी केन्द्र रिक्त छ ।
कुन प्रदेशमा कति मतभार ?
प्रदेश १ मा प्रदेशसभा सदस्यको मतभार ४ हजार ४ सय १६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुखको मतभार ४ हजार ८ सय ९६ छ । यी दुवैतर्फ गरेर प्रदेश १ मा कुल मतभार ९ हजार ३ सय १२ हुन्छ ।
यसैगरी, प्रदेश २ मा जम्मा ९ हजार ८ सय १६ मतभार छ । प्रदेश २ मा प्रदेश सभा सदस्य १ सय ४ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन् । प्रदेश सभाका सदस्यको कुल मतभार ४ हजार ९ सय ९२ हुन्छ भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जनाको मतभार ४ हजार ८ सय २४ हुन्छ ।
यस्तै, बाग्मतीमा प्रदेशमा प्रदेश सभा सदस्य १ सय ९ जना छन्, । उनीहरूको मतभार ५ हजार २ सय ३२ हुन्छ ।
यसैगरी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ३७ जना छन् । उनीहरूको मतभार ४ हजार २ सय ६६ हुन्छ । दुवैतर्फका गरी बाग्मती प्रदेशमा कुल मतभार ९ हजार ४ सय ९८ रहेको छ ।
यसैगरी, गण्डकीमा प्रदेशमा ५ हजार ८ सय ९२ कुल मतभार छ । जसमा प्रदेश सभा सदस्य ५९ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ७० जना छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा ७ हजार ७ कुल सय ५८ मतभार छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ८१ जना तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय १५ जना रहेको निर्वाचन आयोगले जनाएको हो ।
कर्णाली प्रदेशमा ४ हजार ४ सय ८८ कुल मतभार छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ३५ जनाको मतभार १ हजार ६ सय ८० तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ५६ जनाको मतभार २ हजार ८ सय ८ छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेशमा कुल मतभार ५ हजार ६ सय ४६ छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ५२ जनाको मतभार २ हजार ४ सय ९६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ७५ जनाको मतभार ३ हजार १ सय ५० छ ।
राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि मतभार हिसाव गरी निर्वाचित हुने ब्यवस्था छ । प्रदेश सदस्यको मतभार ४८ र नगर प्रमुख–उपप्रमुख र गाउँपालिका अध्यक्ष–उपाध्यक्षको १८ मतभार हुन्छ ।
चार वर्षे अवधि पूरा गरी पदावधि सकिन लागेका १९ सांसद मध्ये एमालेको ८ सिट रहेको छ । सत्ता गठबन्धनले मिलेर उम्मेदवार दिएपछि एमाले गठबन्धनविरुद्ध एक्लै प्रतिष्पर्धामा उत्रिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि बारम्बार एमाले एक्लै लड्न तयार भएको भन्दै सबै मिलेर आउन चुनौति दिँदै आएका थिए । गठबन्धनसँग एक्लै भिड्दा गणितीय हिसावले एमालेले यसअघि पाएको ८ सिट गुमाउने सम्भावना देखिएको छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ९२ जना प्रदेशसभा सदस्य तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख गरेर २७२ जना मतदाता छन् ।
सो प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४ हजार ४ सय १६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुखको मतभार ४ हजार ८ सय ९६ छ । यी दुवैतर्फ गरेर प्रदेश १ मा कुल मतभार ९ हजार ३ सय १२ हुन्छ ।
यसैगरी, प्रदेश २ मा जम्मा ९ हजार ८ सय १६ मतभार छ । प्रदेश २ मा प्रदेश सभा सदस्य १ सय ४ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन् । प्रदेश सभाका सदस्यको कुल मतभार ४ हजार ९ सय ९२ हुन्छ भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जनाको मतभार ४ हजार ८ सय २४ हुन्छ ।
यस्तै, बाग्मतीमा प्रदेशमा प्रदेश सभा सदस्य १ सय ९ जना छन्, । उनीहरूको मतभार ५ हजार २ सय ३२ हुन्छ । यसैगरी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ३७ जना छन् । उनीहरूको मतभार ४ हजार २ सय ६६ हुन्छ । दुवैतर्फका गरी बाग्मती प्रदेशमा कुल मतभार ९ हजार ४ सय ९८ रहेको छ ।
यसैगरी, गण्डकीमा प्रदेशमा ५ हजार ८ सय ९२ कुल मतभार छ । जसमा प्रदेश सभा सदस्य ५९ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ७० जना छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा ७ हजार ७ कुल सय ५८ मतभार छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ८१ जना तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय १५ जना रहेको निर्वाचन आयोगले जनाएको हो ।
कर्णाली प्रदेशमा ४ हजार ४ सय ८८ कुल मतभार छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ३५ जनाको मतभार १ हजार ६ सय ८० तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ५६ जनाको मतभार २ हजार ८ सय ८ छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेशमा कुल मतभार ५ हजार ६ सय ४६ छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ५२ जनाको मतभार २ हजार ४ सय ९६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ७५ जनाको मतभार ३ हजार १ सय ५० छ ।

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया