शक्ति सञ्चयतर्फ शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो गुटलाई बलियो बनाउँदै लगेका छन् । कांग्रेस सभापति पदमा देउवासँग प्रतिष्पर्धा गरेका कोइरालाले पराजय ब्यहोरेसँगै आफ्नो समूहलाई भेटघाट र छलफल तीब्र पारेका छन् ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल सक्रिय राजनीतिबाट पछाडी हटेसँगै कोइरालाले आफ्नो गुटलाई मजबुत बनाउन खोजिरहेका छन् । पार्टीको १४ औं महाधिवेशनमा पौडेलले आफू तटस्थ बस्ने बताए पनि भित्री रुपमा देउवालाई सहयोग गरेपछि कोइरालासमूह पौडेलसँग पनि रुष्ट छ ।
कोइरालाले महाधिवेशनबाट पार्टी पार्टी नेतृत्वको परिणाम घोषणा भए लगत्तै आफू अब हरेक कार्यकर्ताको घर आँगनमा पुग्ने प्रतिवद्धता आफ्नो समूहमा गरेका थिए ।
महाधिवेशन लगत्तै देउवा एक पक्षीय रुपमा अघि बढेको कोइराला पक्षले टिप्पणी गर्दै आएका छन् । कोइरालाले बुधबार आफ्नो पक्षधर नेताहरुलाई काठमाडौंको सिंहदरबार अगाडिकै बसेरा होटलमा बोलाएका छन् ।
कोइरालाले दिउँसो २ बजेका लागि बोलाएको बैठकमा आफ्नो समूहको आगामी रणनीति तय गर्ने बताइएको छ ।
आफ्नो पक्षको बैठकको तयारीका लागि भन्दै कोइराला समूहका नेताहरु मंगलबार पनि छलफलमा थिए ।
आजको आफ्नो समूहको बैठकमा आफ्नो समूहबाट निर्वाचन लडेका पदाधिकारी तथा सदस्यहरुलाई बोलाइएको कोइरालाको निजी सचिवालयले जनाएको छ ।
कोइरालाको सचिवालयकाअनुसार, महाधिवेशनको विस्तृत रूपमा समीक्षा गर्न कोइरालाले आफ्नो प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्यमा चुनाव लडेका लगायतका नेताहरूलाई बोलाइएको छ ।
पौडेल पक्षका भनी चिनिएका कोइरालासहित संस्थापन इतर पक्षबाट महाधिवेशनमा प्रकाशमान सिंह पनि सभापतिमा लडेका थिए । दोस्रो चरणमा सभापतिमा दुई जनाबीचको प्रतिष्पर्धामा सिंहले देउवालाई समर्थन गरेका थिए । देउवा पक्षकै नेता विमलेन्द्र निधि र आफ्नै समूहका सिंहले देउवालाई साथ दिए पनि आफूले ४० प्रतिशत मत ल्याएको भन्दै आफूलाई शक्तिका रुपमा स्वीकार गर्नुपर्ने पक्षमा छन् ।
४० प्रतिशत मत ल्याएको आफ्नो समूहलाई पार्टी सभापति देउवाले शक्तिका रुपमा स्वीकार गर्न नखोजेको संकेत कोइरालाले पाएपछि आफ्नो समूहमा छलफल बढाउन थालेका हुन् ।














बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया