केएमसीविरुद्ध ३२ दिनदेखि विद्यार्थी आन्दोलित, कलेज प्रशासन मौन

काठमाडौं । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं मेडिकल कलेज (केएमसी)ले मनोमानी ढंगले चर्को शुल्क असुलेको भन्दै एक महिना भन्दा बढी समयदेखि विद्यार्थीहरु आन्दोलित भएका छन् ।
केएमसीले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा पनि बढी शुल्क असुलेको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काउँदै आएका छन् ।
आन्दोलन शुरु गरेको ३२ दिन हुँदा पनि कुनै सुनुवाई नभएको केएमसीकी विएनएस प्रथम वर्षकी विद्यार्थी प्रभा बुढाथोकीले बताइन् । लामो समयदेखि विद्यार्थीहरु कलेजदेखि सडकसम्म प्रदर्शन गर्दा पनि कलेज प्रशासन भने मौन देखिएको छ ।
कलेजदेखि जिल्ला प्रशासन कार्यालय, चिकित्सा शिक्षा आयोग लगायतका कार्यालयमा धर्ना प्रदर्शन गरेका उनीहरुले बुधबार माइतीघरदेखि नयाँबानेश्वरसम्म र्याली निकालेका छन् । बानेश्वर पुगेर र्याली कोणसभामा परिणत भएको थियो ।
विद्यार्थीहरुबाट अधिकतम ४० लाख रुपैयाँ लिनुपर्नेमा कलेज प्रशासनले विभिन्न बाहनामा अतिरिक्त शुल्क भन्दै रकम असुलिरहेको विद्यार्थीहरुको भनाई छ । ४० लाख रुपैयाँ थोरै होइन, तर त्यसमा पनि अतिरिक्त शुल्क भनेर असुल्ने काम भइरहेको अर्का एमबीबीएस प्रथम वर्षका विद्यार्थी प्रविण न्यौपानेले भने ।
आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने विद्यार्थीहरुले बताएका छन् ।


















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया