भोलिको संसद बैठक पनि स्थगित
मेरोन्यूज
२०७८ पुष २१ गते १३:२९

काठमाडौं । प्रतिनिधिसभाको विहीबार बस्ने तय भएको बैठक स्थगित भएको छ । विहीबार दिउँसो १ बजेका लागि बैठक निर्धारण गरिएको थियो ।
संघीय संसद सचिवालयले बुधबार सूचना जारी गरी विशेष कारणबश बैठक स्थगित गरिएको जनाएको छ ।
स्थगित बैठक आगामी पुस २८ गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख अग्नि प्रसाद सापकोटाले पुस २८ गते दिउँसो १ बजे बस्ने गरी बैठक डाकेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले सूचना प्रकाशित गरी सांसदहरुलाई जानकारी दिएका छन् ।
यसअघिको बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन नसकिएकाले माओवादीको आग्रहमा स्थगित गरिएको थियो ।
संसदको नवौं अधिवेशनदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूहरुले कारबाही गरेका १४ जना सांसद निलम्बनको माग गर्दै संसदमा विरोध गर्दै आएका छन् ।

सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया