विद्युत् नियमन आयोगका तीन पदाधिकारी निलम्बित, छनविनका लागि समिति गठन
पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा छानबिन समिति गठन

काठमाडौं । सरकारले विद्युत् नियमन आयोगका तीनजना पदाधिकारीमाथि पदीय दायित्व पूरा नगरेको आरोपमा छानविन समिति बनाएको छ । सरकारदे छानविन समिति गठन गरेसँगै यिनमन आयोगका अध्यक्ष डिबी सिंह, सदस्य रामेशश्वर प्रसाद कलवार र भागिरथी ज्ञावाली स्वत निलम्बनमा परेका छन् ।
सरकारले छाननिवका लागि समिति बनाएको हो । पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा छानबिन समिति गठन भएको छ । ऊर्जामन्त्री पम्फा भुसालको प्रस्तावमा सरकारले छानविन समिति गठन गरेको बताइएको छ ।
विद्युत नियमन आयोगको दफा ९ मा आयोगका अध्यक्ष वा कुनै सदस्यमा कार्य क्षमताको अभाव वा खराब आचरण भएको वा दफा ६ बमोजिम अयोग्य भएको वा ऐन बमोजिम पदीय दायित्व पूरा नगरेको देखिएमा नेपाल सरकारले त्यस्तो विषयमा छानविन गर्न एक छानविन समिति गठन गर्ने व्यवस्था छ ।
छानबिन समितिले आरोप लागेको अध्यक्ष वा सदस्यको सम्बन्धमा छानबिन गरी आफ्नो रायसहितको प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नेछ । छानविन समितिले छानविन गर्दा आरोप लागेको अध्यक्ष वा सदस्यलाई आफ्नो सफाइ पेश गर्न मनासिब मौका दिनेछ ।
छानबिन समितिले अध्यक्ष वा सदस्यलाई पदबाट हटाउन सिफारिस गरेमा नेपाल सरकारले त्यस्तो अध्यक्ष वा सदस्यलाई पदबाट हटाउनेछ । छानबिनको कारवाही प्रारम्भ भएपछि त्यस्तो छानबिनको विषयमा टुङ्गो नलागेसम्म त्यस्तो अध्यक्ष वा सदस्यले आफ्नो पदको काम गर्न नपाउने ऐनमा व्यवस्था छ ।










अपहरणमा परे १८ कोलम्बियाली सैनिक
जेनजी आन्दोलन : मानव अधिकार आयोग पुगेर मेयर बालेनले दिए बयान
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
झापा भिरबाट लडेर एक जनाको मृत्यु
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया