सन्दीप सम्मिलित हुरिकेन्स पराजित

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्स बुधबार बिग बास लिग (बीबीएल)मा एडिलेड स्ट्राइकर्ससँग सात विकेटले पराजित भएको छ । १२७ रनको लक्ष्य स्ट्राइकर्सले १५ ओमर १ बलमा दुई विकेट गुमाएर पूरा गर्यो । स्ट्राइकर्सको जितमा म्याथ्यु सर्टले सर्वाधिक ७२ रन बनाए । सर्टले ४४ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । यस्तै हेनरी हन्टले १८ र्याट रेनस्वले २९ र जोनाथन वेल्सले ११ रन जोडे ।
हुरिकेन्सबाट सन्दीपले दुई विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले २२ रन खर्चिए । त्यस्तै अर्को एक विकेट सर्टको नाममा रह्यो ।यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको हुरिकेन्सले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १२६ रनको बनायो । हुरिकेन्सका डीएर्सी सर्टले ३२ रन बनाए । त्यस्तै टिम डेभिडले २८, मिचेल ओवेनले १६ र पिटर ह्यान्डसकम्बले १४ रन जोडे ।
हुरिकेन्सबाट ११औं नम्बरमा ब्याटिङका लागि मैदान उत्रिएका सन्दीपले दुई बलमा दुई रन जोडे । स्ट्राइकर्सका पिटर सिडलले पाँच विकेट लिए । त्यस्तै राशिद खानले दुई तथा म्याथ्यु सर्ट र ह्यारी कोनवेले समान एक विकेट हात पारे । हारसँगै हुरिकेन्स ९ खेलमा ४ जित सहित १७ बनाएर चौथो स्थानमा छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया