‘ए’ डिभिजन लिगः शुक्रबारबाट नवाैँ चरणका खेल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणको खेल शुक्रबारबाट सुरुहुँदैछ ।
सोमबारसम्म हुने यस चरणका ७ मध्ये घरेलु टोली मनाङ मर्स्याङ्दी र च्यासल युथ क्लबको खेल पोखरा रंगशालामा आयोजना हुनेछ । बाँकी सबै खेल दशरथ रंगशालामा सञ्चालन हुने तालिका छ ।
पहिलो दिन दुई खेल आयोजना हुनेछ । दिउँसो १ बजे संकटा क्लबले सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा रेलिगेसन जोनको ‘ब्याटल’मा एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लबबीच भिडन्त हुनेछ ।
शनिबार तीन खेल हुनेछन् । १ बजे हुने खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले पुछारमा रहेको फ्रेन्ड्सको चुनौती पाउनेछ । दिउँसो २ बजे पोखरामा मनाङ र च्यासल प्रतिस्पर्धा गर्दा साँझ पौने ५ बजे न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लब शीर्ष चारका लागि आमुने सामुने हुनेछन् ।
तेस्रो दिन तथा आइतबार एक मात्रै खेल हुनेछ । साँझ पौने ५ बजे तय खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै सोमबारको एक मात्रै खेलमा विभागीय टोली नेपाल पुलिसले रेलिगेसनबाट उम्कन ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को सामना गर्नेछ ।
जारी शीर्ष डिभिजनको लिगको सातौ चरणको खेल सकिँदा ५ जित, २ बराबरसहित अपराजित रहेको मछिन्द्र शीर्षस्थानमा १७ अंक बनाएको छ । यससँगै उसले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप-२०२२ छनोटमा स्थान बनायो ।
१६ अंकसहित मनाङ दोस्रो, १३ अंकको संकटा तेस्रो, समान ११ अंकका आर्मी र शेर्पा क्रमशः चौथो र पाँचौ स्थानमा छन् । समान १० अंकका थ्री स्टार र एनआरटी क्रमशः छैठौं स्थान र सातौं स्थानमा छन् ।
यता, अन्तिम खेलमा पराजित सातदोबाटो ८ खेलबाट आठौं स्थानमा झर्दा जावलाखेल ७ अंकसहित नवौं स्थानमा छ । समान ६ अंकका एपीएफ र पुलिस क्रमशः दशौं र एघारौं स्थानमा रहँदा ५ अंकको बीबीसी र च्यासल क्रमशः १२ र १३ औं स्थानसँगै रेलिगेसन जोनमा छन् । यता, फ्रेन्ड्स भने ३ अंकसहित पुछारमा छ । जारी लिगको पुछारमा रहने टोली ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया