सोमबार, वैशाख १४, २०८३

पर्यटनमन्त्रीको एक्सन

नारायणहिटीमा रजाँई गर्नेमाथि छानविन गर्न समिति गठन

तीन दिनभित्र प्रतिवेदन वुझाउन मन्त्री प्रेम आलेको निर्देशन

मेरोन्यूज २०७८ पुष २२ गते १३:५३

एक्सन १ : नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका प्रक्रियाको छानबिनका लागि समिति गठन। तीन दिनभित्र प्रतिवेदन वुझाउन निर्देशन ।

Advertisement
NiccNicc

एक्सन २ : पुस १६ मा नेपाल पर्यटन बोर्डको २३ औं वार्षिकोत्सवमा पर्यटन बोर्डका सिइओमाथी पर्यटनमन्त्री सार्वृजनिक मञ्चमै निक्कै जाइलागे । पर्यटन बोर्डमा धनञ्जय रेग्मी सीइओ रहेसम्म बोर्डको प्रगति नहुने भन्दै उनले रेग्मीलाई ‘साँढे’को आरोप लगाउदै भने,-‘धेरै रिसाउनुभो जाम् रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ?’

यी दुई घटना त पर्यटनमन्त्री प्रेम आलेले एक साताभित्र चालेका कदम र वोलेका अभिब्यक्ति हुन । जसले आले निक्कै चर्चामा छन्, यतिवेला ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारमा बन मन्त्री बनेका आलेले ‘केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो, जसरी बुझ्नु हुन्छ बुझ्नुस्’ देखि ‘रूखबाट हामी कार्बनडाईअक्साइड लिन्छौँ, र रूखलाई हामी अक्सिजन दिन्छौँ, त्यही रुख यदि भएन भने हामी कसरी बाँच्छौँ ? ’ भन्ने सम्मका चिप्लिएर दिएका बोलीले आले सधै स्टन्ट मात्र गर्न जान्ने मन्त्रीका रुपमा प्रचारित भए ।

तर यसपटक पनि उनको त्यो स्टन्ट रोकिएको छैन । आन्तरिक कार्यक्रमहरुमा वोल्दा हुने अभिब्यक्तिलाई उनले सार्वजनिक मञ्चमै पनि वोलेका छन् । यसले चर्चामा आइराख्न उनले अपनाउने स्टन्ट अझै पनि छ भन्ने देखाउँछ ।

तर यसपटक आलेले बोलीका कारण मात्र चर्चामा आउने काम गरेका छैनन, केही यस्ता काम पनि गरेका छन्, जसले उनी अहिलेको सरकारमा काम गर्ने मन्त्रीका रुपमा पनि चिनिनि थालेका छन् । यस्तै मध्येको एक निर्णय हो, – उनले विहिवार गरेको मन्त्रीस्तरीय एउटा निर्णय ।


नारायणहिटी दरवार संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका प्रक्रियाको छानबिनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विहिवार समिति गठन गरेका छन् ।

मन्त्रीस्तरीय निर्णयबाट उनले पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य र शाखा अधिकृत टंकबहादुर नेगी सदस्य सचिव रहेको छानविन समिति गठन गरेका हुन् ।

समितिलाई यस विषयमा भएको के हो ? सत्यतथ्य सहित पेश गर्न भन्दै तीन दिनको समयावधि समेत मन्त्रीले दिएका छन् ।


शाहवंशीय राजाहरूले १ सय २२ वर्षसम्म शासन गरेको नारायणहिटी दरबार संग्रहालयभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनमा तत्कालिन केपी ओली नेतृत्वकाके सरकारले भाडामा लगाउने सम्झौता गरेको थियो । बतास कम्पनीलाई महिनामा जम्मा २ लाख २१ हजार रुपैयाँमा भाडा आउने निश्चित गरी संग्रहालयभित्रको जग्गा भाडामा दिने सम्झौता गरेपछि त्यसभित्र धमाधम बतासले रोयल बगैंचा रेस्टुरेन्ट सञ्चालन गर्न नयाँ संरचना बनाउदै गरेको थियो ।

तर यो समाचार वाहिरिएपछि मन्त्री आलेले तत्काल काम रोक्न ठाडो निर्देशन गरेका थिए । त्यसपछि अहिले त्यहाँ वतासले काम रोकेको छ । यस विषयमा अध्ययन गर्न मन्त्री आलेले मन्त्रीस्तरको निर्णयका आधारमा छानविन समिति बनाएको हो ।

समितिले रिपोर्ट दिएपछि यस विषयमा थप एक्नमा जानका लागि उनले रिपोर्ट मन्त्रीपरिषद्को वैठकमा समेत लैजाने तयारी गरेका छन् ।

नेपाल ट्रस्टको स्वामित्वमा रहेको संग्रहालयभित्र रोयल बगैंचा रेस्टुरेन्ट सञ्चालन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा १७ पुस २०७७ मा बतास समूहको बीपीएस लिजिङ कम्पनीसँग सम्झौता भएको थियो ।

दरवार संग्राहलयभित्रको जगग र भवन को संरक्षण गर्नुपर्नेमा ततकालिन सरकारले जथाभावी भाडामा लगाउने निर्णय गरेको भनी आलोचना भईरहेका बेला मन्त्री आलेले त्यस लाइृ रोक्ने र अनुसन्धान गर्नका लागि छानविन समिति बनाएर एक्सनमा उत्रन खोजेका छन् ।

प्रतिक्रिया