विहारका यी बृद्ध जसले लगाए कोभिडविरुद्ध ११ डोज खोप

एजेन्सी, नयाँ दिल्ली । विहारका एक बृद्धले ११ पटकसम्म कोभिडविरुद्धको खोप लगाएको बताएका छन् । विहारको मध्यपुरा जिल्लाका ब्राह्मदेव मण्डलले स्वास्थ्यकर्मीलाई छक्काएर त्यति धेरै खोप लगाएका हुन् । एउटा स्थानीय स्वास्थ्य केन्द्रमा १२औं डोज लगाउन जाँदा उनी पक्राउ परेका थिए ।
विभिन्न परिचय पत्र र छिमेकीहरुको मोवाईल नम्बर प्रयोग गरेर उनले खोप लगाएका थिए । खोपले आफूलाई कुनै ‘साइड इफेक्ट’ नगरेको मण्डलले बताएका छन् । हरेक महिना कम्तिमा एक डोज खोप लगाएका उनले सेप्टेम्बरमा भने तीन डोज लगाएका थिए ।
खोप लगाउन उनले आधार कार्ड, मतदाता परिचय पत्रलगायतका कागजात प्रयोग गरेका थिए । उनले आधार कार्ड र मोवाईल नम्बर देखाएर आठ पटक खोप लगाएका थिए भने तीन पटक पत्निको मोवाइल नम्बर लेखाएका थिए । हुलाक कार्यलयका पूर्वकर्मचारीसमेत रहेका उनीबारे स्वास्थ्य अधिकारीहरुले छानविन सुरु गरेका छन् ।
भारतमा एउटै व्यक्तिले अत्यधिक धेरै कोभिड खोप लगाएको यो पहिलो पटक हो । यसअघि पनि केही व्यक्तिले लुकीछिपी चार पाँच पटक खोप लगाएको दाबी गरेका थिए ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया