नेप्से दाेहोरो अंकले बृद्धि

काठमाडौं । नेप्से परिसूचक विहीबार दोहोरो अंकले बृद्धि भएको छ । शेयर बजार बुधबार दोहोरो अंकले घटेको थियो ।
विहीबार शेयर बजार नेप्से ४३ अंकले उकालो लागेर २६ सय ९२ पुगेको छ ।
बिहीबार कारोबार भने पछिल्ला दिनका तुलनामा थप खुम्चिएर साढे ३ अर्ब हाराहारीमै सीमित भएको छ ।
निर्जीवन बीमा समूहमा सबैभन्दा उच्च अढाई सय अंक हाराहारीको बृद्धि आयो । जीवन बीमा र होटल तथा पर्यटन समूह पनि सय अंक बढीले उकालो लागे । वाणिज्य बैंक सहित अरु पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए ।
विहीबार नेपाल स्टक एक्सचेन्जमा २ सय ३८ कम्पनीको ७३ लाख बढी कित्ता शेयर ३ अर्ब ६८ करोड बराबरका किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यस दिन १ सय ६४ कम्पनीको शेयर मूल्य बढ्दा २३ को घटेको र ३ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ । बुधबार ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको शेयर कारोबार भएको थियो ।
आज अपी पावर कम्पनी र एनआईसी एशिया बैंकको शेयर दोस्रो बजारमा उच्च मात्रामा कारोबार भएको थियो । दुई कम्पनीको शेयर दोस्रो बजारमा क्रमशः १६ र १४ करोड बढीले कारोबार भएको थियो ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.१६ अंक, फ्लोट इण्डेक्स ३.०४ अंक र सेन्सेटिभ इण्डेक्स ३.३१ अंक बढेको छ ।
त्यस्तै, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। आज व्यापार र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने घटेको छ ।
विहिबार तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।जसमा नेपाल फाइनान्स, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। तर, आज कारोबारमा आएको एनबीबीएल डिबेञ्चरको मूल्य भने ३.५३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा १६ करोड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ।
त्यस्तै एनआईसी एशिया बैंक र नेशनल माइक्रोफाइनान्सको पनि १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
















नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
रुकुमपूर्वमा प्रचण्डकाे अग्रसरता
मोरङ ३: श्रम संस्कृति पार्टीका अमिर मगरले लिए अग्रता
तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
प्रतिक्रिया