कपनमा एक जोडी मृत फेला, प्रेमिकाको हत्या गरी आत्महत्याको आशंका
मेरोन्यूज
२०७८ पुष २३ गते १०:०४
काठमाडौँको कपनमा युवा–युवती मृत अवस्थामा भेटिएका छन् । लिभिङ टुगेदर बस्दै आएका संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमी र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको हो ।
युवतीको शरीरमा चक्कु प्रहार भएको चोट देखिएको छ । यस्तै, केटाको घाँटीमा चक्कुले रेटेको चोट भएको प्रहरीले जनाएको छ । गएराति साढे १२ बजे घटनास्थलमा प्रहरी पुग्दा युवती नग्न अवस्थामा र युवक अर्धनग्न अवस्थामा भेटिएका थिए ।
प्रहरी पुग्दा युवकको ढुकढुकी भएपछि प्रहरीले चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पताल लगेका थिए । अस्पताल पुगेलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अमिशले प्रेमिकाको हत्या गरी घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरु पब्जीको लतमा फसेका थिए ।
सम्बन्धित













समानुपातिक सूचीबाट १८ दलका १६४ उम्मेदवारले लिए नाम फिर्ता
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया