अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्रले ओमिक्रोन भेरियन्टले अस्पतालमा हुनसक्ने अत्याधिक चापलाई मध्येजनर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिइन् ।
उनका अनुसार बिरामीलाई आवश्यक पर्ने अक्सिजनलगायत स्वास्थ् सामाग्रीहरुको व्यवस्थापन गर्न र स्वास्थ्यकर्मीहरुलाई पनि तयारी अवस्थामा रहन भनिएको छ ।
नेपालमा थप २४ जनालाई ओमिक्रोन भेरियन्ट देखिएको छ ।
उनले भनिन्,‘सिमानाकामा कोरोना परीक्षणलाई थप सशक्त बनाउने तथा पोजेटिभ आएका केसहरुलाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ ।’
उनका अनुसार नेपालमा एस जीन सिक्वेन्सिङ वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, प्रदेश २ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालबाट भइरहेको छ ।
ओमिक्रोन संक्रमण अत्याधिक मात्रामा बढ्नसक्ने सम्भावना देखिएको हुँदा सबैले स्वास्थ्यका मापदण्ड पालना गरिदन समेत उनले आग्रह गरिन् ।










मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया