कोरोनाको बढ्दो ग्राफः एकैदिन ९६८ जना संक्रमित थपिए
मेरोन्यूज
२०७८ पुष २३ गते १६:२६

काठमाडौं । नेपालमा कोरोना संक्रमण दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ९६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा थप २६२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १३ हजार ७०९ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार काठमाडौं जिल्लामा २८४ जना, ललितपुर जिल्लामा ६२ जना र भक्तपुर जिल्लामा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
हाल देशभर ५ हजार ७४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यो पनि
सम्बन्धित














यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
प्रतिक्रिया