प्रदेश २ को नाम र राजधानीमा सत्तारुढ दल विभाजित

जनकपुरधाम । प्रदेश २ को नाम र राजधानीको विषयमा सत्तारुढ दलबीच नै बेमेल सुरु भएको छ ।
प्रदेशको नाम र राजधानीका दलीय सहमति जुटाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वको विशेष समितिको बैठकमा सत्तारुढ दलहरू जनता समाजवादी (जसपा), कांग्रेस र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच नै मतान्तर सुरु भएको छ ।
प्रदेशको नामाकरणको विषयमा ती दलहरूको फरक फरक प्रस्ताव दर्ता भए पनि विशेष समितिमा दलीय सहमति हुने सम्भावना प्रबल रहेको थियो । तर समितिको बैठकमा कांग्रेसले आफ्नो प्रस्ताव छाडेर नेकपा एस र एमालेले गरेको जानकी प्रदेशमा सहमत हुने संकेत देखाएपछि सरकारको नेतृत्व गर्ने जसपा र सत्तारुढ दल माओवादी केन्द्रले गरेको मधेस प्रदेशको प्रस्तावमा सत्तारुढ दलहरू दुई कितामा विभाजन हुने अवस्थामा पुगेको छ ।
अहिले प्रदेशका सरकारको केन्द्रीय गठबन्धन जस्तै जसपा, कांग्रेस, माओवादी र नेकपा एस रहेको छ । मधेस प्रदेशमा जसपा र माओवादी केन्द्र सुरुदेखि नै एकै ठाउँमा छ भने कांग्रेसले मिथिला भोजपुरा र नेकपा एस जनक प्रदेश प्रस्ताव गरेको थियो । कांग्रेसले आफ्नो मिथिला भोजपुरालाई छाडेर एमालेले प्रस्ताव गरेको जानकी प्रदेश सहमत हुने संकेत गरेको छ ।
नेकपा एसले पनि आफ्नो प्रस्ताव छाडेर जानकी प्रदेशमै सहमति गरिसकेको छ । यस्तोमा सत्तारुढ चार दल दुई÷दुई कितामा विभाजन देखिएका छन् । दुई सत्तारुढ दल कांग्रेस र नेकपा एसले विपक्षी दल एमालेको प्रस्तावमा सहमति जनाएको छ । दुई सत्तारुढ दल जसपा र माओवादी केन्द्रको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल लोसपाले समर्थन गरेको छ ।
बैठकमा कांग्रेसकै सांसद राजेशप्रसाद साहका अनुसार मध्य मधेस प्रदेशमा कांग्रेस स्वीकार गर्ने पक्षमा देखिएका छैन । मधेस र मध्य मधेस प्रदेश एकैनासको रहेकाले त्यसमा सहमत हुन अवस्था नरहेको कांग्रेसका एक सांसदले बताए ।
कांग्रेस संसदीय दलका नेता तथा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेशको नाम र राजधानीको विषयमा नेकपा एस र एमालेका सांसदसँग गोप्य बैठक गरेका थिए । स्रोतका अनुसार त्यही बैठकमा नेता यादवले ‘हामीले आफ्नो प्रस्ताव छाडे पनि एमाले र नेकपा एसलाई आफ्नो प्रस्ताव नछोडन सुझाएका थिए ।’
प्रदेशको नाम र राजधानी नतोकिए त्यसको अपजस मधेसवादी पार्टीलाई अगामी निर्वाचनमा हुने धारणा मन्त्री यादवले गोप्य बैठकमा गरेको एक नेताले बताए । जबकि एमालेका सांसद किशोरी साहले मधेस प्रदेशमा सत्तारुढ दलबीच सहमति भएमा एमालेले पनि मौन समर्थन रहने बताउँदै आएको छ ।
यता, जसपाका सांसदहरूले प्रदेश नामाकरणमा दलहरूबीच सहमति नभएमा राजधानीको विषयमा भएको सहमति पनि टुट्ने चेतावनी दिइसकेका छन् । राजधानी तोकेर प्रदेश नामाकरणको विषयलाई अलपत्र पार्न नसक्ने बताउँदै जसपाका सांसद आशोक यादवले भने, ‘नेताहरूले आफ्नै पार्टीमा मधेस कोटामा चुनाव जित्ने, सांसद बन्ने र प्रदेशको नाम मधेस राख्नमा आनाकानी गरिरहेको देख्दा आश्चर्य लाग्छ ।’
संघीयता मधेस आन्दोलनको देन रहेको दाबी गर्दै उनले भने, ‘मधेस आन्दोलन मधेसवादी दलको मात्रै थिएन, यहाँका हरेक जनताको थियो, त्यसमा कांग्रेस, माओवादी, एमाले सबैको थियो । त्यसकारण मधेस प्रदेशको अगाडि वा पछाडि कुनै शब्द राख्नुको कुनै औचित्य नै छैन ।’













राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
नेप्सेमा १० अंककाे वृद्धि, पाँच अर्ब बढीकाे काराेबार
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
Train crash near Peru’s Machu Picchu kills one, injures 40
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
प्रतिक्रिया