क्रिकेटर करण पुलिसमा आबद्ध

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर करण केसी नेपाल पुलिस क्लबमा आबद्ध भएका छन् ।
नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटवालले करण पुलिसमा आबद्ध भएको पुष्टि गरे ।
’नेपाल राष्ट्रिय क्रिकेट टिमको सर्वोत्कृष्ट अलराउन्डर करण के.सी. नेपाल पुलिस क्लबमा आबद्ध हुनु भएकोमा उहाँलाई हृदयदेखि स्वागत गर्दछौ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
२६ पुसबाट सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टी–२० प्रतियोगिताका लागि उनी पुलिसमा आबद्ध हुने भएका हुन् ।
हाल पुलिसमा दीपेन्द्र सिंह ऐरी, कप्तान मन्जित श्रेष्ठ, कुशल भुर्तेल लगायतका खेलाडी अनुबन्ध छन् ।
यसअघि प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुँदै आए पनि यस पटक टी–२० फर्म्याटमा हुन लागेको हो ।
नेपाली टिमले ओमानमा हुने आईसीसी टी–ट्वान्टी ग्लोबल छनोट खेल्ने भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता टी–२० फर्म्याटमा गरेको हो ।

















जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, यस्ता छन् एजेन्डा
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
प्रतिक्रिया