‘ए’ डिभिजन लिगः आर्मीको तेस्रो जित

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको दिनको तेस्रो खेलमा न्युरोड टिम (एनआरटी) लाई १–० ले पराजित गरेको छ ।
दिनेश हेन्जनको निर्णायक गोलमा आर्मीले बाजी मारेको हो । १७ औं मिनेटमा दिनेशले गरेको गोलबाट आर्मीले अग्रता लिएको थियो । जगजित श्रेष्ठको क्रसमा दिनेशले ६ यार्ड बक्सको लाइनबाट डाइभिङ हेडर गोल गरेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको अधिकांश समय आर्मी हाबी रह्यो ।
१६औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार अजित प्रजापतिले रोकेका थिए ।
५५औं मिनेटमा १८ यार्ड बक्सबाहिरबाट दिनेशले गरेको फ्रिकिक प्रहार अजितले सहजै जोगाए । लगत्तै अर्को मिनेटमा दिनेशले अजितलाई समेत बिट गरेको अवस्थामा राइट साइडबाट पेनाल्टी बक्सभित्र आफ्नो साथी भेट्टाउन सकेनन् ।
६२औं मिनेटमा जर्ज प्रिन्सले पेनाल्टी बक्सको लेफ्ट साइडबाट गरेको प्रहार सेकेन्डबारको नजिकैबाट बाहिरियो । ६४औं मिनेटमा जर्ज प्रिन्सले दोस्रो अग्रताको सुनौलो अवसर खेर फाले । भरत खवासको प्रहार अजितबाट रिबाउन्ड आउँदा जर्ज प्रिन्स गरेको प्रहारमा अजित फेरि बाधक बने ।
६६औं मिनेटमा जर्ज प्रिन्सले वान भर्सेस वानको अवस्थामा अजितलाई बिट गर्न सकेनन् ।
७३औं मिनेटमा भरत खवासले १८ राइट साइड पेनाल्टी बक्सबाट गरेको प्रहार अजितले मुस्किलले पन्च गरी फ्याके ।
जितसँगै आठ खेलबाट १४ अंक जोडेको आर्मी चौथो स्थानमा यथावत् छ । आठ खेलबाट १० अंक जोडेको एनआरटी सातौं स्थानमा छ । आइतबार लिगमा एक मात्रै खेल हुनेछ ।

















सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
काठमाडौँका बीस हजार विद्यार्थीको आँखा जाँच गरिंदै
मृत्युको हल्ला चलेपछि बेन्जामिन नेतन्याहुले भने -‘म जिउँदै छु’
आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया