भ्यालेन्सियामाथि रियलमड्रिडको सानदार जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियामाथि सानदार जित निकालेको छ ।
शीर्ष स्थानमा रहेको रियलमड्रिडको घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई ४–१ ले गोलले पराजित गरेको हो । रियल मड्रिडको जितमा करिम बेन्जिमा र भिनिसियस जुनियरले समान २–२ गोल गरे ।
रियालका लागि खेलको ४३ औं मिनेटमा पेनाल्टीमार्फत बेन्जिमाले पहिलो गोल गरे भने खेलको ५२ औं मिनेटमा जुनियरले गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको ६१ औं मिनेटमा जुनियरले नै गोल गर्दै रियललाई ३–० ले अग्रता दिलाए भने खेलको ७६ औं मिनेटमा भ्यालेन्सियाका लागि गोन्कालो गुएडेसले एक गोल फर्काएका थिए ।
खेलको ८८ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा रियालले ४–१ ले विजयी भयो ।
जितपछि शीर्ष स्थानको रियल मड्रिडको २१ खेलबाट ४९ अंक भएको छ । २ खेल कम खेलेको सेभिल्ला ४१ अंकसहित दोस्रो स्थानमा छ । रियलसँग पराजित भ्यालेन्सिया २० खेलबाट २८ अंक जोड्दै नवौं स्थानमा छ ।
शनिवार रातीकै खेलमा बार्सिलोना र ग्रानाडा एक एक गोलको बराबरीमा रोकिँदा लाभेन्टाले मालोर्कालाई २–० लाई पराजित गरेको छ भने रियल सोसिडाडले सेल्टा भिगोलाई १–० ले पराजित गरेको छ ।
सेल्टाभिगोलाई पराजित गर्दै रियल सोसिडाड २० खेलमा ३३ अंक जोड्दै शीर्ष ४ मा उक्लिएको छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया