नेप्से उच्च अंकको वृद्धि, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । शेयर कारोबार हुने साताको पहिलो दिन आज कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७३.०५ अंकले बढेर दुई हजार ७६५.५१ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.२१ अंकले बढेर ५१९.३७ मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकमसमेत आज वृद्धि भएको छ । कूल २३९ कम्पनीको एक करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर सात अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ६ अर्ब ५३ करोड ११ लाख १० हजार बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३५.०३, व्यापार १७१.२५, होटेल तथा पर्यटन ५।२३, विकास बैंक २५७.१, जलविद्युत् १४८.१८, वित्त ११५.६३, निर्जीवन बीमा ३७९.७७, उत्पादन १३६.९९, अन्य ६२.७९, लघुवित्त ७०.४५, जीवन बीमा २९५.११, सामूहिक लगानी कोष ०.२१ र लगानी ३।४७ अंकले उकालो लागेको छ ।
कारोबार भएकामध्ये आज अपी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २९ करोड २२ हजार २७३ बराबरको कारोबार भयो । प्रभु बैंक २० करोड ८६ लाख ४२ हजार, माथिल्लो तामाकोसी २० करोड १५ लाख ७७ हजार ६१२, शिवम् सिमेन्ट १९ करोड ३९ लाख ८९ हजार र अरुण भ्याली हाइड्रोपावर १८ करोड ७५ लाख पाँच हजार ४२८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार नेपाल हाइड्रो डेभलपर्स र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, युनियन हाइड्रोपावर ९.९८, मध्यभोटेकोसी ९.९७ र न्यादी हाइड्रोपावरका शेयरधनीले ९.४१ प्रतिशतले कमाए ।
त्यस्तै, नेपाल एसबिआई बैंकको ऋणपत्र १.४२, मिथिला लघुवित्त १.२७, सानिमा लार्ज क्याप फन्ड १.१६, एनआइबिएल प्रगति फन्ड १.०८ र नबिल डिवेञ्चरका लगानीकर्ताले ०.९८ प्रतिशतले गुमाए ।









रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया