लुटेराको आक्रमणमा दुई सयको मृत्यु, हजारौँ विस्थापित
काठमाडौँ । लुटेराको आक्रमणमा परी नाइजेरियामा मृत्यु भएकाहरूको सङ्ख्या दुई सयभन्दा बढी पुगेको छ । हिंसात्मक घटनाका कारण अरू हजारौँ विस्थापित भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
यसअघि शुक्रबार बन्दुकधारीहरूको आक्रमणमा परी कम्तीमा १४० भन्दा बढीको मृत्यु भएको दाबी गरिएको थियो । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा निर्दोष नागरिकहरूको हत्या गरेको जनाइएको छ ।
स्थानीय एक नेताले लुटेराहरूको समूहले आम नागरिकमाथि हिंसात्मक आक्रमण गरेको बताएका छन् । आक्रमणकारीका सयौँ लडाकूहरू मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
उनीहरूले १० गाउँमा आक्रमण गरेका हुन् । आक्रमणकारीहरूले घरघरमै गएर गोली प्रहार गर्ने, लुटपाट गर्ने गरेको स्थानीयको भनाइ छ ।
घटनापछि आइतबार पहिलो प्रतिक्रिया दिँदै मानवीयता मामिला मन्त्री सादीया उमर फारौकले घटना अत्यन्त दुःखद् र दर्दनाक भएको बताउनुभएको छ । घटनाका कारण १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । “विस्थापित भएका व्यक्तिहरूका बारेमा पनि सरकारले सोचिरहेको छ, सक्दो सहयोग सरकारले गर्नेछ,” उनले भने ।
विस्थापित भएकाहरूलाई तत्काल आवश्यक पर्ने सामग्री र स्रोत साधनहरू पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए । नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आम नागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरूसँग सरकारी पक्षले संघर्ष गरिरहनु परेको छ ।
सरकारले उनीहरूलाई आतङ्वादी समूहको रूपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ । तर हिंसात्मक घटनाहरू भने निरन्तर भइनै रहेका छन् ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी
दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा
१७ अंकले घट्यो नेप्से
विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया