मंगलबार, पुष २९, २०८२

अवैध साढे १४ लाख रुपैयाँसहित युवक पक्राउ

मेरोन्यूज २०७८ पुष २५ गते २२:०९

काठमाडौँ । सशस्त्र प्रहरीले रौतहटको इशनाथ नगरपालिका २ औरैया महनोहरा गेटबाट स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली नोटसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपाल भित्रिएको बीआर ०५ एजी ८०५६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रमममा मोटरसाइकल चालक भारत बिहार पूर्वी चम्पारण तेलहराकला ७ का ३९ वर्षीय सञ्जयकुमार जैसवालको साथबाट अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल ११ नं गण हेडक्वार्टर रौतहटले जनाएको छ ।विशेष सूचनाको आधारमा ११ नं गण हेडक्वार्टर रौतहट र प्रदेश २ बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध रकमसहित जैसवाललाई नियन्त्रणमा लिएको जनाइएको छ ।

जैसवाललाई मोटरसाइकल तथा शरीरको खुट्टा, पेटलगायत स्थानमा लुकाएर ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको रकम फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद भएको रकम, मोटरसाइकल तथा मानिसलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया