रोमाविरुद्ध युभेन्ट्सको रोमाञ्चक जित

काठमाडौं । सात मिनेटमा तीन गोल गर्दै इटालीयन सिरी ‘ए’ मा युभेन्ट्सले रोमाविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
युभेन्ट्सले रोमालाई ४–३ ले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा भ्रमणकारी टोली युभेन्ट्सले दोस्रो हाफमा ७ मिनेटमा ३ गोल गरेपछि तीन अंकसहित ११औँ जित निकालेको हो ।
१० खेलाडीमा सीमित युभेन्ट्सको जितमा कप्तान पाउलो ड्यबला, मानुयल लाकाटेली, डेजान कुलुसेभ्स्की, माटिया डीले १–१ गोल गरे । रोमाका लागि टमी इब्राहम, हेन्रिख एमखितार्यान र लोरेन्जो पेलेग्रीनीले १–१ गोल गरे ।
खेलको ८३औँ मिनेटमा लोरेन्जोले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा जोसे माउरिन्होको रोमा हार ब्यहोर्न बाध्य भयो । खेलको ८१औँ मिनेटमा माथिस डि लाईटले रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा सीमित भयो ।
जितपछि युभेन्ट्सले २१ खेलबाट ३८ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट ३२ अंक बनाएको रोमा सातौँ स्थानमा छ । (एजेन्सी)
















क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
भोलि ईदकाे सार्वजनिक बिदा
वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
प्रतिक्रिया