कालिजलाई ताकेको बन्दुकको छर्रा लाग्दा युवकको मृत्यु, ६ जना पक्राउ
मेरोन्यूज
२०७८ पुष २६ गते १०:२२

पोखरा । स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु भएको छ । कालिखर्क जंगलमा पुस २० गते राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर आँधिखोला गाउँपालिका–१ कालिखर्कका २७ वर्षीय मनोज विकको मृत्यु भएको हो ।
भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनापछि फरार भएका ६ जनालाई आइतबार पक्राउ गरिएको छ ।
आँधिखोलाका भीमबहादुर सुनार, सोही ठाउँकै सुनिल विक, रेवत पौडेल र धनबहादुर विक समातिएका छन् । सोही ठाउँका गोविन्द अधिकारी र साजन कामीलाई बुटवल बसपार्कबाट पक्राउ गरिएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।
उनीहरुलाई कर्तब्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाइएको अधिकारीले बताए ।
सम्बन्धित















Fire destroys 330 hectares of forest in Jumla
जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया