खातीका कारण ललिता निवास प्रकरण त्यत्तिकै ढिसमिस हुने सम्भावना

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा निजीकरण गर्न भएको प्रयासबारेको मुद्दा त्यत्तिकै ढिसमिस हुने सम्भावना बढ्दै गएको छ । ललिता निवास जग्गा हिनामिनासम्बन्धी मुद्दा लिखितसम्बन्धी किर्ते कसुरको हदम्यादअनुसार मंगलबारभित्र मुद्दा अदालतमा दर्ता गरिसक्नु पर्छ । सिआइबीले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा करिब तीन सय ७० जनाको संलग्नता देखिएको भन्दै रायसहितको अनुसन्धान प्रतिवेदन गत बिहीबार सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
तर महान्यायाधिवक्ता खम्मबहादुर खातीका कारण त्यो रायसहितको अनुसन्धान प्रतिवेदन जुन रूपबाट अगाडि बढ्नु पर्ने थियो । त्यसरी अगाडि बढ्न सकिरहेको छैन । मुद्दा दर्ता गर्नु पर्ने मिति सकिन एक दिन बाँकी रहँदासम्म पनि फितलो अनुसन्धान गरेर कमजोर बनाउने चलखेल भइरहेको स्रोतहरू बताउँछन् ।
प्रहरीले काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइसकेको अनुसन्धान प्रतिवेदन सकेसम्म अदालतमा नपु¥याउने र पु¥याए पनि थोरैलाई मुद्दा चलाउन महान्यायाधिवक्ता खाती नै लागि परेका महान्यायाधिवक्ता कार्यालयका एक पदाधिकारीले बताए ।
स्रोतका अनुसार महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाणसहितलाई सिआइवीले फितलो अनुसन्धान र रायसहितको प्रतिवेदन बुझाएकाले मुद्दा चलाउन सकिन्छ कि सकिदैन यसै भन्न नसकिने रिपोटिङ गरेका छन् । यसले पनि उनले काठमाडौँ सहकारी वकिलको कार्यालयलाई सकभर मुद्दा दर्ता नै नगर्ने र गरेपनि धेरैलाई उम्काएर केहीलाई मात्रै दर्ता गर्न निर्देशन दिएको लख काट्न सकिन्छ ।
सिआइबीले पाँच पूर्वसचिव र केही पहुँचवाला व्यापारीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । तर महान्यायाधिवक्ता खाती महान्यायाधिवक्ता बन्नुपूर्व केही अभियोग लागेका व्यापारीको अधिवक्ता भएर काम गरेकाले उतले ति विवादास्पद व्यापारीलाई जोगाउन खोजेको महान्यायाधिवक्ता कार्यालयकै कर्मचारीहरू बताउँछन् ।
कार्यालयका एक अधिकारीले विभिन्न व्यक्ति जोगाउनुपर्ने भन्दै महान्यायाधिवक्ता खातीले मुद्दामा चासो दिएका छन् । खाती कानुनी छिद्र खोजेर मुद्दा कमजोर बनाउन लागि परेका छन् । उनले अख्तियारले मुद्दा चलाइसकेकाले फेरि मुद्दा चलाउनु नपर्ने भनेर लबिङ गरिरहेको पनि स्रोत बताउँछ । यतिसम्म कि पुरानो कानुन देखाएर फाइल सिआइबीमै फर्काउन सकिन्छ भन्ने व्याख्या पनि खातीले प्रधानमन्त्री, गृहमन्त्री, कानुनमन्त्री लगायतसँग गरिरहेको स्रोतले बतायो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले सिआइबीले बुझाएको रायसहितको प्रतिवेदनमा अध्ययन भइरहेको जानकारी दिए ।
पुरानो मुलुकी ऐनअनुसार किर्तेसम्बन्धी मुद्दामा असीमित हदम्यादको व्यवस्था थियो । नयाँ ऐन आउनुभन्दा अघि भएकाले पुरानै कानुन आकर्षित हुने र हदम्याद तत्काल नसकिने र मुद्दा चलाउन सकिने व्याख्या गरी फाइल सिआइबीमा फर्काउन खातीको नेतृत्वमा केही अधिकारी लागिरहेका छन् ।
प्रहरीले एक सय ३६ रोपनी जग्गा खरिद–बिक्रीमा संलग्न सबैलाई प्रतिवादी बनाउन माग गरेको छ । त्यसमा प्रभावशाली व्यापारी पर्ने भएपछि उनीहरूलाई समेत जोगाउन खातीको नेतृत्वमा केही अधिकारी लागेका हुन् । दबाबकै आधारमा सिआइबीले यो प्रकरणमा राजनीतिक नेतृत्वलाई जोगाइसकेको छ । अब महान्यायाधिवक्ताको दबाबमा विवादित व्यापारी पनि जोगिने अवस्था देखिएको छ ।
सिआइबीले पूर्वसचिवहरू दीप बस्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल, नारायणगोपाल मलेगोलगायतविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गरेको छ । चारपटक गरेर ललितानिवास क्याम्पभित्रको जग्गा किर्ते कागजपत्र बनाई व्यक्तिको नाममा लगिएको निष्कर्षका आधारमा भ्रष्टाचार मुद्दा चलेपछि पनि छुट्टै अनुसन्धान भएको हो ।
लामो समय लगाएर गरेको अनुसन्धान राजनीतिक नेतृत्व र महान्यायाधिवक्ताका कारण त्यत्तिैकै सेलाउने सम्भावना बढ्दै गएको छ ।















जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया