भारतमा कोभिडविरुद्ध बुस्टर डोज दिन सुरु

नयाँदिल्ली । भारतमा निश्चित वर्गलाई लक्षित गरी कोभिडविरुद्ध बुस्टर डोज दिन थालिएको छ । संक्रमण तीव्र फैलिरहेका बेला सरकारले स्वास्थ्यकर्मी, अग्रपक्तिमा खटिएका व्यक्ति र ६० वर्ष माथिका बृद्धबद्धालाई बुस्टर दिन सुरु गरेको हो ।
भारतमा ओमिक्रोनका कारण संक्रमण तीव्र फैलिएको छ । बुस्टर डोजले कोभिडविरुद्ध रक्षा गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।
तीव्र वेगमा फैलिने ओमिक्रोन सर्वप्रथम नोेभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । त्यस यता विभिन्न देशहरुले बुस्टर कार्यक्रमलाई विस्तार गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुस्टर डोजलाई ‘सावधानी डोज’ बताउँदै आएका छन् । बुस्टरअन्तर्गत पहिलो र दोस्रो डोज लगाएका व्यक्तिलाई तेस्रो पटक सोही खोप दिइन्छ ।
भारतमा मुख्यतया स्थानीयस्तरमा निर्माण गरिएका दुई ओटा खोप कोभिडशिल्ड र कोभ्याक्सिन प्रयोग गरिएको छ । सन् २०२१ को जनवरीदेखि खोप अभियान सुरु भएको थियो ।















रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया