सात दिनमै थपियो ५८ अर्ब बराबरको निक्षेप
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी माघ महिनाभित्र तरलताको अभावको समस्या समाधान हुने घोषणा गरेकै दिन बैंक तथा वित्तीय संस्थामा उल्लेख्य मात्रामा तरलता उपलब्ध भएको विवरण सार्वजनिक भएको छ । यही पुसदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेको थियो ।
नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको विवरणअनुसार यही पुस २३ गतेसम्म निक्षेप रु ५८ अर्बले वृद्धि भएको छ । सात दिनमा रु ५८ अर्बले निक्षेप थपिँदा नौ अर्ब मात्रै कर्जा प्रवाह भएको छ । सङ्घका अनुसार पुस १६ गतेसम्म बैंकमा ४२ खर्ब ४९ अर्ब निक्षेप रहेकामा पुस २३ गते पुग्दा निक्षेप बढेर ४३ खर्ब सात अर्ब पुगेको छ । सो अवधिमा कर्जा ४० खर्ब ९९ अर्बबाट बढेर ४१ खर्ब आठ अर्ब बराबर पुगेको छ ।
नेपाल राष्ट्र बैंकले स्थानीय तहको बैंकमा रहेको मौज्दातको ८० प्रतिशत बराबरको रकम निक्षेपमा गणना गर्न दिने निर्णय गरेकाले त्यसको सकारात्म्क प्रभाव परेको हो । यस्तै, सो अवधिमा अन्तर बैंकको ब्याजदरमा समेत गिरावट आएको छ ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया