लिपुलेक लिम्पियाधुरा सडक विवाद
भारतको बलमिच्याईँ रोक्न एमालेको चेतावनी
सडकसहितको संरचना निर्माणमा सरकारले मौनता साँधेको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नेपाली भूमिमाथि भारतले गरेको बलमिच्याईँ रोक्न चेतावनी दिएको छ ।
नेपाली भूभाग कालापानीमा भारतले गर्दै आएको सडकसहितको संरचना निर्माणमा सरकारले मौनता साँधकोमा एमालेले आशंका गरेको छ ।
एमालेले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रका विषयमा भारतसँग अबिलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याईँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको ब्यवहारिक स्वामित्व स्थापनाका लागि सरकारसँग माग गरेको छ ।
एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रियतासँग सम्बन्धित गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको जनाएका छन् ।
राष्ट्रियता सम्बन्धित गम्भीर विषयमा सरकारी मौनताले प्रश्न जन्माएको जनाएका छन् ।
भारतले गरेको सडकसहितको संरचना निर्माण कार्यले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानमा आँच पु¥याएको भन्दै एमालेले त्यस्तो गतिविधि तत्काल बन्द गर्न अपिल गरेको छ ।
‘नेपाल भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीचमा थाँती रहेको विषयलाई कूटनीतिक माध्यमबाट टुंग्याउने भनि गरिएको सहमतिविपरीत भारतीय पक्षले उक्त नेपाली भूभागमा सडक सहितको संरचना निर्माणलाई तीव्रता दिइरहेकोप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ,’ भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
एमालेले वार्ताको माध्यमबाट समस्या समाधान नखोजिँदासम्म कुनै पनि संरचना बनाइन नहुने जनाएको छ ।
केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक सभालाई सम्बोधन गर्दै कालापानी क्षेत्र हुँदै भारतले सडकसहितको संरचनालाई निर्माण गरिरहेको बताएका थिए ।
आज मात्रै काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले राष्ट्रियताको बारेमा अहिलेको सरकार ओलीजति पनि बोल्न नसकेको बताएका थिए ।
विज्ञप्तिको पूर्णपाठ










काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया