शुक्रबार, पुष ११, २०८२

आज तपाईंको राशीफलले के भन्छ ?

मेरोन्यूज २०७८ पुष २८ गते ६:३६

आज वि.सं. २०७८ साल पौष महिनाको २८ गते बुधबार, पौष शुक्लपक्षको दशमी तिथि ।

मेष
उच्चस्तरको दृढ व्यक्तित्व बन्ने छ । तर बेला बेला दुविधात्मक व्यक्तित्व पनि देखिने हुँदा अरुले अन्योलग्रत आभाष गर्ने छन् । बोलीको प्रभावमा निकै गिरावट आउने छ । परिवारमा कुरा मिल्ने छैन् । पेशागत जीवन औसत रहेता पनि भाग्यको अभावका कारण उतारचढावको क्रम देखा पर्ने छ ।

वृष
रिस धेरै उठ्ने भएकाले अरुले रिसाहा व्यक्तिका रुपमा चित्रण गर्ने भएकाले संयमित रहनु होला । बोलीमा कडापन आउने छ । पेशागत जीव्न सन्तोषजनक नै हुने छ । खासगरी सेवा, रोजगारी, श्रम क्षेत्र, मजदुरी, कवाडीको ब्यापार, छालाको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।

मिथुन
दृढ खालको व्यक्तित्व बन्ने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्न जाँदा कार्यहरु अवरुद्ध हुन पुग्ने छन् । मनमा निराशाले सताउने छ । खुशीपना नआउने अवस्था रहने भएकाले मनलाई नियन्त्रित गर्ने प्रयास गर्नु नै उत्तम हुने छ । पेशता तथा व्यवसाय औसत रहने छ ।

कर्कट
शितल प्रकृतिको स्वाभाव हुने छ । तर मनोबलको कमि हुनेछ । व्यक्तित्वमा ह्रास आउँदा निर्णय क्षमतामा गिरावट आउने छ । शारीरिक समस्याहरु देखा पर्ने छ । छाति, रगत, उच्चरक्तचाप जस्ता विषयमा सतर्क रहनुहोला । आम्दानीमा हल्का बृद्धि देखा पर्ने छ । पेशागत जीवनमा उन्नति हुने छ ।

सिंह
पेशागत जीवनमा गम्भीरखाले समस्याहरु देखा पर्ने छ । पूर्वानुमान नगरिएका समस्याहरु पेशागत क्षेत्रमा देखा पर्दा व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने छ । त्यसैले संयम भएर मात्र पाइला चाल्नु होला । बोलीको प्रभावमा भारी गिरावट आउने छ ।

कन्या
अध्ययन र अध्यापनमा मन केन्द्रीत हुनेछ । आम्दानीमा गिरावट आउने छ । राखिएका लक्ष्यहरु तुहिने छन् । धैर्य भएर पाइला चाल्नु होला भने अतिमहत्वाकांक्षा पनि नलिनु होला । साझेदारीमा गरिएका कामहरुका बिबाद चर्किने छ । चुनौतिपूर्ण र धेरै जोखिम तथा प्रतिष्पर्धात्मक क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल छ ।

तुला
समय प्रतिकुल रहेकाले धैर्यता नै एक मात्र उपाय रहेको छ । कमजोर व्यक्तित्व बन्ने छ । शारीरिक कमजोरीले सताउने छ । दाम्पत्य जीवनमा पनि कटुता आउने छ । खेल, सेक्युरिटि, सुरक्षा निकाय, अग्नि रक्षक, होलट रेष्टुरेण्ट जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहेको छ ।

वृश्चिक
बौद्धिक व्यक्तित्व हुने छ । बौद्धिक क्षेत्रमा भने प्रगति हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउँदा अरुले हेप्ने छन् । पेशागत जीवनमा अस्थिरता आउने छ । अफिसियल प्रतिष्पर्धीहरुसँग प्रतिष्पर्धा गर्न डर लागे जस्तो हुने छ । बौद्धिक स्तर र पेशागत जीवनबीच तालमेल नमिल्दा निराशा आउने छ । जीवनसाथिको साथमा काम गरेमा राहत मिल्ने छ ।

धनु
बोलीको प्रभाव बढ्न पुग्ने छ । तर अरुका लागि बोली प्रिय नै भएता पनि आफ्नो परिवारका सदस्यहरुसँग भने कटु बोली हुने भएकाले यसबारेमा ध्यान दिनु होला । पेशागत तथा व्यवसायिक जीवन सकारात्मक हुने छ । यात्रामा सफलता मिल्ने छ ।

मकर
मनमा अनावश्यक दबाब देखिँदा तनाव उत्पन्न हुने छ । निराशा भाव देखा पर्नेछ । पेशागत जीवन भने औसत तर थोरै मात्र केही स्थिर बन्ने हुँदा राहत मिल्ने छ । कृषि तथा पशुपालन र दुग्ध उत्पादनमा आवद्धहरुलाई फाइदा मिल्ने छ । लगानी गलत ठाउँमा फस्न जाने जोखिम देखिएकाले सतर्क रहनुहोला ।

कुम्भ
आम्दानीको क्षेत्र स्थिर रहने छ । भाग्यहिनता लागिरहने छ । पैतृक सम्पत्तिका विषयमा गम्भीर खाले मनमुटाव आउने छन् । सन्तानका गतिविधीबाट अपजस आइ लाग्ने छ । अध्ययन अध्यापनमा मन लाग्ने छैन् । पेशागत जीवनमा समस्या आउन जाने भएकाले सतर्क रहनु होला । दुविधात्म अवस्था आउने छ ।

मीन
बोलीमा अस्वाभाविक कडापना देखिँदा परिवारका सदस्यहरु आश्चर्य पर्न जाने छन् । यस्तो परिस्थितिले परिवारमा तनाव पनि ल्याउने छ । आँखा सम्बन्धी समस्या आउने छ । रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने भएकाले यसबारेमा सतर्क रहनुहोला । शारीरिक कमजोरी उत्पन्न हुने छ । शैक्षिक क्षेत्र तथा परामर्श जस्ता क्षेत्रमा आवद्धहरुलाई अनिश्चितता देखिने छ ।

(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया