सवा करोड खर्च गरेर तालिम दिएका १५१ रेलका कर्मचारी हटाएर नयाँ भर्ना

काठमाडौँ । सञ्चालनको तयारीमा रहेको कुर्था–जयनगर रेल सेवाका लागि कर्मचारी भर्ना विषयमा विवादमा भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि ५५ जना नयाँ कर्मचारीलाई गुपचुप नियुक्त गरेपछि विवाद सुरु भएको हो ।
महाप्रबन्धक झाले रेल संचालनका लागि २७ पुसमा ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेपछि विगतमा रेलसम्बन्धी तालिम दिएकाले विरोध गरेका हुन् । रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले रेल संचालनका लागि ज्यालादारीमा १५१ जना कर्मचारीलाई नियुक्त गरी दुई चरणमा तालिमसमेत दिएका थिए ।
गत वैशाखदेखि असारसम्म दुई चरणमा भएको तालिममा झण्डै नेपाल रेल्वेको १ करोड १५ लाख रुपैयाँ खर्च भएको थियो । ती कर्मचारीलाई भारतीय रेल कम्पनी कोर्कणले तालिम दिएको थियो ।
सरकार परिवर्तनसँगै रेल्वे कम्पनीको महाप्रबन्धकमा झा नियुक्त भएपछि ती सबै कर्मचारीलाई हटाएका थिए । महाप्रबन्धक झाले रेल्वेमा झण्डै वैशाखदेखि असारसम्म काम गरेकालाई पैसा नै नदिई एक सूचना प्रकाशित गर्दै सबैलाई हटाएका थिए ।
विगतमा दैनिक ज्यालादारीमा भर्ना भएका कर्मचारीले त्यसको विरोध गर्दै नयाँ कर्मचारीलाई तालिम दिएको स्थलमै गएर बुधबार विरोध गरेका छन् ।
स्टेशन मास्टरमा नियुक्त भई झण्डै २५ दिनसम्म तलिम दिएका मनोज यादवले भने, ‘१५१ जना कर्मचारीलाई तालिम दिन सरकारको १ करोड १५ लाख रुपैयाँ खर्च भयो र आज फेरि नयाँ कर्मचारी भर्नामा लाखौँ खर्च गरिरहेको छ । हाम्रो नियुक्तिलाई अवैध भन्ने महाप्रबन्धक झाले अहिले कुन कानुन टकेर नयाँ कर्मचारी भर्ना गरेको त्यसको स्पष्ट जवाफ हामीलाई चाहियो ।’
सहायक स्टेशन मास्टर पदमा कार्यरत रहेका मञ्जय कुमार गोइतले पूराना जनशक्तिलाई हटाएर नयाँलाई नियूक्त गरी तालिम सञ्चालन गर्नु महाप्रबन्धक झाको मनोमानी रहेको बताए । उनले पूराना कर्मचारीलाई समायोजन गरी उनीहरुको पनि व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।
महाप्रबन्धक झाले नयाँ नियुक्त गरिएका कर्मचारीलाई भारतस्थित केआरसिएल कम्पनीका ट्रेनरमार्फत तालिम दिइरहेको बताए । उनले गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि तालिम सञ्चालन भइरहेको बताए ।
नेपालको कानुन अनुसार नै नयाँ कर्मचारी नियुक्त गरेको भन्दै थप कुरा गर्न चाहेनन् । यसैबीच, नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक भट्टराईले पुरानो कर्मचारीलाई हटाएर नयाँ कर्मचारी भर्ना गरिएकोमा महाप्रबन्धक झाको चर्को आलोचना गरेका छन् । आफूले भर्ना गरेका कर्मचारीलाई अवैधानिक भन्ने महाप्रबन्धक झा अहिले कुन ऐन कानुन टेकेर नयाँ कर्मचारी भर्ना गरेको स्पष्ट गर्नुपर्ने उनको भनाइ छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया