ग्यासको मूल्य वृद्धिविरुद्ध लेबनानका राजमार्ग अवरुद्ध
मेरोन्यूज
२०७८ पुष ३० गते ८:३६
काठमाडौँ । लेबनानमा ग्यासको मूल्य वृद्धिविरुद्धमा मुख्य राजमार्गमा यातायात सेवा अवरुद्ध गरिएको छ । ट्याक्सी र मिनी बसका चालकले राजधानी बेरुत र महत्वपूर्ण सहरमा आवतजावत गर्ने मुख्य राजमार्गहरू अवरुद्ध गरेका हुन् ।
ग्यासको मूल्य वृद्धि हुँदा अन्य क्षेत्रको समेत महंगी बढेकाले मूल्य वृद्धि तत्काल फिर्ता लिनु पर्ने उनीहरूको माग छ । साथै देशको आर्थिक अवस्थामा समेत सुधार हुन नसकेकाले सरकारले अर्थतन्त्र सुधारका कार्यक्रमहरू ल्याउनु पर्नेमा समेत उनीहरूले जोड दिएका छन् ।
पटकपटक विभिन्न आन्दोलन गर्दै आइरहेका ट्याक्सी तथा मिनि बस चालकहरूले स्थानीय समयअनुसार विहान ५ बजेदेखि बिहान १० बजेसम्म देशभरका मुख्यमुख्य सडकहरूमा यातायात अवरुद्ध गरेका थिए ।
सम्बन्धित
















चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया