सुशान्तको बायोपिक बनाउन परिवारकै अवरोध

काठमाडौँ । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनको अढाई वर्ष बितिसक्दा पनि उनका फ्यान अझै शोकबाट बाहिर निस्कन पाएका छैनन् । सुशान्तलाई माया गर्ने एउटा समूहले अझै पनि उनको न्यायको माग गरिरहँदा बलिउडमा अभिनेताको जीवनीमा आधारित बायोपिक फिल्म बन्ने कुराको चर्चा भइरहन्छ ।
उनको बायोपिकको बारेमा आधिकारिक रुपमा कसैले घोषणा गरेको छैन, तर राजपुत परिवार भने उनको बायोपिकको कडा विरोधमा छन् । सुशान्तकी दिदी प्रियंकाले भाईको बायोपिकका बारेमा खुलेर अस्वीकार गरेकी छन् ।
उनले आफ्नो इन्स्टाग्राममा भाईको तस्वीर राख्दै सुशान्तले न्याय नपाउञ्जेलसम्म उनको बायोपिक नबन्ने प्रष्ट पारेकी छन् । ‘मेरो दृढ विश्वास छ कि एसएसआरमाथि कुनै पनि फिल्म तबसम्म बन्नु हुँदैन, जबसम्म उसले न्याय पाउँदैन । यो मेरो प्रतिभाशाली कलाकार भाईसँग प्रतिवद्धता हो’, उनले लेखेकी छन् ।
प्रियंका अगाडि लेख्छिन्, ‘दोस्रो कुरा, पर्दामा एसएसआरको सुन्दर, निर्दोष र गतिशील क्षमतालाई प्रदर्शन गर्ने क्षमता कोही पनि कलाकारमा छैन । मलाई आश्चर्य लाग्छ । तेस्रो कुरा, फिल्म उद्योगमा कोहीसँग त्यस्तो तागत छ, जसले एसएसआरको बारेमा बनाइएको अपमानजनक अनौठो कथाको सत्यतालाई चित्रण गर्न सक्छन् ?’
प्रियंकाका अनुसार सुशान्त आफ्नो बायोपिकमा आफैं अभिनय गर्न चाहन्थे । यदि उनको बायोपिक बनेमा एआई प्रविधिको सहयोगले उनको भूमिका निर्माण गरिने प्रियंकाले बताएकी छन् ।
















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया