बैतडीमा फेला परेको शवको पहिचान खुल्यो
मेरोन्यूज
२०७८ पुष ३० गते १०:०७
कैलाली । बैतडीमा फेला परेको शवको पहिचान खुलेको छ । जिल्लाको पाटन नगरपालिका–६ हिरापुर नजिक बिहीबार साँझ सडकभन्दा करिब ५० मिटर तल शव फेला परेको हो ।
उक्त शव दशरथचन्द नगरपालिका ४ का २६ वर्षीय सुरत भुलको रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । प्रहरीका अनुसार रोजगारीका लागि भारत गएका उनको घर फर्किँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
उनी जण्डिसको बिरामी रहेको बुझिएको छ भने उनको मृत्यबारे केही खुल्न नसकेको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको बताइएको छ ।
सम्बन्धित










देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया