सोमबार, चैत २, २०८२

अध्यक्ष आफै ठगी धन्दामा लागेको भन्दै बैठक बहिष्कार

मेरोन्यूज २०७८ पुष ३० गते ११:१६

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलमाथि प्रश्न गर्दै महासंघको बैठक अवरुद्ध भएको छ । अध्यक्ष नै मिडिया अवार्डका नाममा ठगी धन्दामा संलग्न रहेकाले छानबिन हुनु पर्ने माग राख्दै महासंघले कपिलस्तुमा सुरु गर्न लागेको बैठक अवरुद्ध भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैठक सुरु हुनासाथ महासंघका केन्द्रीय सदस्यहरुले मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग, अध्यक्षले विभिन्न ठाउँमा फोनलगायत अध्यक्षले संस्थागत मान्यता दिएको घटनाको छानबिन हुनु पर्ने माग राखेका थिए ।

अध्यक्ष आफै ठगी धन्दामा संलग्न रहेको आरोप लागेपछि उनको अध्यक्षतामा बैठक बस्न नसक्ने सदस्यहरुले अडान थियो ।

प्रतिक्रिया