पीएम कप : खेलाडीमा कोरोना आशंकापछि खेल स्थगित
मेरोन्यूज
२०७८ माघ १ गते ९:०९
काठमाडौँ । खेलाडीमा कोरोना भाइरसको आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको छ ।
प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा टियु क्रिकेट मैदानमा आज दुवै टिम बीच खेल तय भएको थियो । तर, प्रदेश १ का खेलाडीमा कोरोनाको आशंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ । आजको दोस्रो खेल भने निर्धारित समयमै हुने छ ।
एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको पुलिसले तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ८९ रनको सहज जित निकालेको थियो ।
पहिलो खेलमा कर्णाली प्रदेशसँग ३१ रनले हारेको प्रदेश १ ले दोस्रो खेलमा पानिका कारण मैदान चिसो भएर खेल हुन नसक्दा आर्मीसँग अंक बाँडेको थियो ।
सम्बन्धित

















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, यस्ता छन् एजेन्डा
नेपाल राष्ट्र बैंकले शुक्रबार का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
चैत ६ गते शुक्रबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
प्रतिक्रिया