दुवईमा अलपत्र छोराको शव ल्याउन आर्थिक सहयोग खोज्दै भुजेल दम्पती

काठमाडौं । संयुक्त अरब इमिरेट्सको अलबसामा अलपत्र अवस्थामा रहेको आफ्नो छोराको शव नेपाल ल्याउनका लागि आर्थिक सहयोग गरिदिन सिन्धुपाल्चोक खाडीचौरका भुजेल दम्पत्तीले आग्रह गरेका छन् ।
सिन्धुपाल्चोक खाडीचौरका स्थायी बासिनद्या रही काठमाण्डौंको काँडाघारीमा अस्थायी रुपमा बसोबार गर्दै आएका श्याम बहादुर भुजेल र उनकी श्रीमती बुद्धीमाया भुजेलले छोराको शव ल्याउन आर्थिक अवस्थाले नभ्याउने भन्दै सहयोगका लागि अपील गरेका हुन् ।
गत भदौ अन्तिममा छोरा विकास भुजेल बलजफ्ती पर्यटक भिसाबाट संयुक्त अरब इमिरेट् पुगेको मृतककी आमा बेद्धीमायाले बताइन् । अलग भिसामा गएको छोरा काम गर्न थालेको र दशैंसम्म सम्पर्कमा रहेको भए पनि त्यस पछि सम्पर्कविहीन भएको उनले बताइन् ।
रोजगारी भिसामा गएको अवस्थामा मृतकको शव नेपाल ल्याउन समस्या नहुने भए पनि पर्यटक भिसामा दुवई पुगेर काम गर्न थालेका कारण उनको शव ल्याउन झण्डै ३ लाख रुपैंया खर्च लाग्ने र उक्त रकम आफुहरुसँग नभएको मृतक विकासका बावु श्यामबहादुर भुजेलले बताए ।
‘छोराले धेरै करकर गरेर कता के मिलाएर गएको थियो, अहिले शव पनि ल्याउन सकिएन, सहयोगीहरुको साथ पाए कम्तीमा मृत छोराको शव ल्याएर अन्तिम संस्कार गर्ने थियौं,’ भुजेलले भने ।
नेपाल बंगलादेश बैंकको काँडाघारी शाखामा रहेको श्याम बहादुर भुजेलको बैंक खाता नम्बर ०९६००२९३२ डब्ल्यू मा सहयोग रकम जम्मा गरिदिन उनले आग्रह गरेका छन् । साथै सहयोगका लागि आफ्नो सम्पर्क नम्बर ९८८७०८८७४२ मा फोन गर्न पनि उनले आग्रह गरेका छन् ।
संयुक्त अबर इमिरेट्सका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले पनि २१ वर्षीय विकास भुजेलको मृत्यु भएको खबर स्थानीय प्रहरीले धेरै पहिले जानकारी गराए पनि बल्ल परिवारसँग सम्पर्कमा पुगिएको पुष्टि गरेका छन् ।
पर्यटक भिसामा आएका उनको शव ल्याउन व्यक्तिगत रुपमा आफुले सघाउने पनि उनले प्रतिबद्धता जनाएका छन् ।
संयुक्त अरब इमिरेट्समा वेद अर्याल तथा अन्य सहयोगीहरुले भुजेलको शव नेपाल पठाउनका लागि समन्वय गरिरहेका छन् । त्यहाँबाट आर्थिक सहयोग गर्न चाहनेहरुले अर्याललाई सम्पर्क गर्न सक्ने परिवारले जनाएको छ ।
गत भदौमा पर्यटक भिसामा दुबई पुगेका भुजेलको दशैं लगत्तै मृत्यु भएको थियो । छोराको मृत्यु भएको खबर भुजेल दपत्तीले गत साता मात्र पाएका थिए ।
उनीहरुले रोजगारीका लागि विदेश जान चाहने जो कोहीलाई पनि आफ्नो छोराको जस्तो अवस्था नआओस भन्दै अनिवार्य रुपमा श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरेका छन् ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
प्रतिक्रिया