कलंकीमा बसको ठक्करबाट एक युवकको मृत्यु
मेरोन्यूज
२०७८ माघ २ गते १८:००

काठमाडौं । काठमाडौंको कलङ्कीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार रुकुम बुढाउत्तर गाउँपालिका–१० का २१ वर्षीय सङ्गीत बुढामगरको मृत्यु भएको हो ।
बसको ठक्करबाट सख्त घाइते बुढामगरको उपचारका क्रममा शहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया