वर्णविन्यास सम्बन्धि रिटमा सक्कल कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले परम्परागत नेपाली वर्णविन्यास परिवर्तन खारेजको माग गर्दै परेको रिट निवेदनलाई विशेष अग्राधिकारसहित सुनुवाई गर्दै सक्कल कागाजात झिकाउन आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायधीशद्वय दीपक कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले सो आदेश जारी गरेको हो । २०६९ साल साउन २२ गते तत्कालिन शिक्षा मन्त्री दिनानाथ शर्माले गरेको निर्णय झिकाउन आदेश जारी भएको हो । पूर्ण इजलासमा छलफल गर्ने निर्णय सुनाएको छ । रिट दर्ता भएको पाँच वर्षपछि अदालतले सरकारको नाममा सो आदेश जारी गरेको छ ।
प्रचलित वर्णविन्यासको अस्तित्व मेट्ने गरी सरकारले गरेको निर्णय र सो अनुरूप तयार भएका पाठ्यक्रम खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा २०७३ भदौ २४ गते रिट दर्ता भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र र नेपाल प्रज्ञा प्रतिष्ठानलाई विपक्षी बनाएर पत्रकारद्वय स्वागत नेपाल र टपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमा आइतबार सुनुवाई गर्दै सरकारले गरेको निर्णयको सक्कल फाइल झिकाउने आदेश जारी भएको हो ।
भाषाजस्तो संवेदनशील विषयमा भाषा आयोगको सिफारिसमा मात्र निर्णय गर्नुपर्ने लगायतको संवैधानिक र कानुनी प्रावधान उल्लंघन गरेको भन्दै मन्त्रिस्तरीय निर्णय र निर्णयअनुसार विद्यालयमा लागू पाठ्यपुस्तक वितरणमा रोक लगाउनु पर्ने रिट निवेदकको माग छ ।
पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २२ साउन २०६९ मा अभ्यासमा रहेको वर्ण विन्यास संशोधनको निर्णय गरेका थिए । त्यही निर्णयका आधारमा परिमार्जित वर्णविन्यासअनुसार नेपाली शब्दकोश बन्नुका साथै विद्यालय तहमा कक्षा ९ सम्मको नेपाली विषयको पाठ्यक्रममा परिवर्तन गरी अध्ययन अध्यापन गराउन थालेपछि भाषा बहस चर्किएको थियो ।
सर्वोच्चमा रिट परेपछि भाषाविदहरुले पाँच वर्षदेखि अदालतको आदेश कुरिरहेका छन् ।















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया