प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित

काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश १ लाई पराजित गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो ।
पुलिसले जीतका लागि १०२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य पुलिसले १३ दशमलब एक ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४४ रनको योगदान दिए । भुर्तेलले २८ बल खेल्दै तीन चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी अनिल साहले २६ तथा दीपेन्द्रसिंह ऐरीले २० रन बनाए ।
बलिङतर्फ प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।
प्रदेश १ का लागि मिनास थापाले सर्वाधिक ५९ रनको योगदान दिए । श्रवण यादवले १० रन बनाए । बलिङतर्फ पुलिसका आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र मञ्जीत श्रेष्ठले दुई–दुई तथा करण केसी र सागर ढकालले एक–एक विकेट लिए ।
जीतसँगै पुलिस समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त समूहमा चारवटै खेलमा जित निकाल्दै पुलिसले आठ अंक जोड्यो । समूह ‘ए’ मा रहेको त्रिभुवन आर्मी क्लबले चार खेलबाट ६ अंक जोडेको छ ।
आर्मीले दुई खेलमा जीत तथा एउटामा प्रदेश १ सँग अंक बाँडेको थियो । आर्मी सो समूहबाट उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । सोही समूहमा रहेको सुदूरपश्चिम प्रदेशले चार, कर्णाली प्रदेशले दुई तथा प्रदेश १ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएका छन् ।
















अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
प्रतिक्रिया