बक्सिङ खेलाडीलाई खेलकूदमन्त्रीले बिदाइ गरे

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरेका छन् ।
यहि जनवरी २० देखि ३० सम्म उजेकीस्तानको तास्कन्दमा आयोजना हुन लगेको गईरहेको एससबीसी यू११ महिला र पुरुष बक्सिङ च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकलाई खेलकुद मन्त्री गहतराजले बिदाई गरेका हुन् ।
प्रतियोगिताकालागि नेपालको प्रतिनिधित्व गर्दै उजेकीस्तान जान लागेकी एक मात्र खेलाडी शुष्मा तामाङलाई बिदाई गर्दै मन्त्री गहतराजले जितको अग्रिम शुभकामना दिए ।
बक्सिङको विश्व वरियतामा जुनियरतर्फ छैठौं नम्बरमा पर्न सफल तामाङबाट नेपाली खेलक्षेत्रले ठूलो आशा गरेको बताउँदै मन्त्री गहतराजले पदक लिएर फर्कन शुभकामना दिए ।
एसीयाका ३० देश सहभागी हुने अण्डर २२ बक्सिङ प्रतियोगिताकालागि नेपाली खेलाडी तामाङसँगै बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र प्रशिक्षक नबिन तण्डुकारको टिम उजेकीस्तान जाँदैछन् ।
तामाङले ४८ किलो तौल समुहमा प्रतिस्पर्धा गर्ने तालिका रहेको मुख्य प्रशिक्षक मगरले जानकारी दिए । नेपाली टिम टर्किस एयरबाट मंगलबार राती ११ बजे उजेकिस्तान जाने कार्यक्रम रहेको छ ।
बिदाई कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष लगाएतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया