बक्सिङ खेलाडीलाई खेलकूदमन्त्रीले बिदाइ गरे

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरेका छन् ।
यहि जनवरी २० देखि ३० सम्म उजेकीस्तानको तास्कन्दमा आयोजना हुन लगेको गईरहेको एससबीसी यू११ महिला र पुरुष बक्सिङ च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकलाई खेलकुद मन्त्री गहतराजले बिदाई गरेका हुन् ।
प्रतियोगिताकालागि नेपालको प्रतिनिधित्व गर्दै उजेकीस्तान जान लागेकी एक मात्र खेलाडी शुष्मा तामाङलाई बिदाई गर्दै मन्त्री गहतराजले जितको अग्रिम शुभकामना दिए ।
बक्सिङको विश्व वरियतामा जुनियरतर्फ छैठौं नम्बरमा पर्न सफल तामाङबाट नेपाली खेलक्षेत्रले ठूलो आशा गरेको बताउँदै मन्त्री गहतराजले पदक लिएर फर्कन शुभकामना दिए ।
एसीयाका ३० देश सहभागी हुने अण्डर २२ बक्सिङ प्रतियोगिताकालागि नेपाली खेलाडी तामाङसँगै बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र प्रशिक्षक नबिन तण्डुकारको टिम उजेकीस्तान जाँदैछन् ।
तामाङले ४८ किलो तौल समुहमा प्रतिस्पर्धा गर्ने तालिका रहेको मुख्य प्रशिक्षक मगरले जानकारी दिए । नेपाली टिम टर्किस एयरबाट मंगलबार राती ११ बजे उजेकिस्तान जाने कार्यक्रम रहेको छ ।
बिदाई कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष लगाएतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
झापामा ८ महिनामा ७ सय १७ घरेलु तथा साना उद्योग थपिए
नुुवाकोटमा सिकारीले हानेको गोली लाग्दा एक महिला गम्भीर घाइते
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया