फुटबलको राष्ट्रिय टीमको प्रशिक्षण सुरु

काठमाडौँ । काठमाडौँ मंगलबारबाट फुटबलको राष्ट्रिय टीमको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरुभएको हो ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए ।
फिफा विन्डोमा हुने मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको छ ।
मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको क्याम्पमा पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा सबै खेलाडी भने उपस्थित हुन सकेनन् । फिफा विन्डोमा नेपालले मोरिसससँग दुई वटा मैत्रीपुर्ण खेल खेल्ने भएकोले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइए हो ।
नेपाल र मोरिससबीच दशरथ रंगशालामा माघ १५ र १८ गते दुई मैत्रीपूर्ण खेल हुने तालिका रहेको छ । काठमाडौँमा नै जारि रहेको ए डिभिजन लिगको नवौ चरण सोमबार सकिएको छ ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छानिएका र जारि लिगमा विभिन्न क्लबमा आबद्ध भएर खेलिरहेका खेलाडीहरु पनि बन्द प्रशिक्षणमा पुगेका छन् । मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीले सहायक प्रशिक्षकका रुपमा संकटा क्लवका मुख्य प्रशिक्षक विष्णु गुरुङलाई बोलाएका छन् ।
मोरिससविरुद्धको दुई मैत्रीपुर्ण खेलका लागि उनलाई अब्दुल्लाहले दोस्रो सहायक प्रशिक्षकका रुपमा टिममा बोलाएका हुन । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्बाददाताहरु सँग कुरागर्दै मुख्य प्रशिक्षक अल्मुताइरीले मौरिसस बिरुद्ध खेल्न तयारी अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् ।
मौरिसस बिरुद्धको खेलमा केहि नयाँ खेलाडीलाई मौका दिने जानकारी पनि मुख्य प्रशिक्षक अल्मुताइरीले दिएका छन् ।
यस्तै सहायक प्रशिक्षकको रुपमा जिम्मेवारी पाएका विष्णु गुरुङले आफुले पाएको मौकाको भरपुर सदुपयोग गरेर आफुलाई र खेललाई अझ निखार्ने बताएका छन ।
यो पटकको प्रशिक्षणमा चोटबाट मुक्त भएर फर्किएका विमल घर्तिमगरसँगै लामो समयदेखि अष्ट्रेलियामा रहेका जगजित श्रेष्ठले पनि कमब्याक गरेका छन । जसमा जगजितले राष्ट्रिय टिममा फर्किने अन्तिम अवसर हुन सक्ने बताएका छन् । तर नेपालमा बढ्दै गएको कोभिड संक्रमणका कारण यो खेल हुने नहुने अनिश्चित छ । सरकारले जारि गरेको निषेधाज्ञा र बढ्दो संक्रमणको जोखिम बीच खेल खेलाउनु आफैमा जोखिम पनि हो ।
यस्तै, नेपाली फुटबल टिमले मंगलबारबाट प्रशिक्षण सुरु गरे पनि कोरोना संक्रमण भएका खेलाडीहरु निको भएर आए पछि सम्पूर्ण टीमको प्रशिक्षण गर्ने एन्फाको तयारी छ ।
प्रतिक्रिया