सटर फोडेर चोरी गरिरहेको अबस्थामा कैलालीमा दुई जना पक्राउ
मेरोन्यूज
२०७८ माघ ५ गते ९:४९

कैलाली । कैलालीमा पसलको सटर फोडेर चोरी गरिरहेको अबस्थामा दुई जना पक्राउ परेका छन् । जिल्लाको गोदवारी नगरपालिका –१ अत्तरिया बजारको चौधरी गल्ली भित्र रहेको एक किराना पसलको सटर फोडेर चोरी गरिरहेको अबस्था गएराति रंगेहात दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा गोदावरी नगरपालिका वडा नं ८ स्याउले घर भएका राजेश बिष्ट र कञ्चनपुरको दैजी घर भएका मन्नु लुहार रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरुको साथवाट नगद र केही जिन्सी सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले यी दुवै जनालाई चौधरी गल्ली भित्र रहेको बाल प्रशाद घिमिरेको किराना पसलको सटर फोड्ने क्रममा राति १२ बजे नियन्त्रणमा लिएको थियो ।उनीहरुले यस अघि पनि बजार क्षेत्रमा चोरीको प्रयास गरेको पाइएको छ । यस बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित












सांसदको उम्मेदवार नबन्ने कांग्रेस नेता दिलेन्द्र बडूको घोषणा
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया