रत्ननगर अस्पतालबाट पीसीआर परीक्षण सुरु
काठमाडौँ । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारदेखि कोरोना भाइरसको स्वाब संकलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो ।
अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क परीक्षण गर्ने र लक्षण नदेखिएका अन्य प्रयोजनका लागि परीक्षण गराउन चाहेमा ७५० शुल्क निर्धारण गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार सरकारले कोरोना परीक्षणका लागि एक हजार शुल्क तोकेको छ । खर्च पुग्ने भएकाले कम शुल्कमा सेवा दिन लागिएको हो ।
अस्पतालमा दैनिक ९० जनासम्मको स्वाब संकलन गरेर परीक्षण गर्न सक्ने क्षमता प्रयोगशालाको रहेको बगालेले बताए । पूर्वी चितवनबाट कोरोना परीक्षण गराउन भरतपुर पुग्नु पर्ने बाध्यतालाई यसले अन्त्य गर्ने विश्वास आफूहरूले लिएको डा. बगालेको भनाई छ । अस्पताल ५० शय्याको प्रदेशस्तरको अस्पताल हो ।
जिल्लामा यसअघि भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा गरी चार ठाउँमा पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको थियो ।











जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया