रत्ननगर अस्पतालबाट पीसीआर परीक्षण सुरु
काठमाडौँ । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारदेखि कोरोना भाइरसको स्वाब संकलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो ।
अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क परीक्षण गर्ने र लक्षण नदेखिएका अन्य प्रयोजनका लागि परीक्षण गराउन चाहेमा ७५० शुल्क निर्धारण गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार सरकारले कोरोना परीक्षणका लागि एक हजार शुल्क तोकेको छ । खर्च पुग्ने भएकाले कम शुल्कमा सेवा दिन लागिएको हो ।
अस्पतालमा दैनिक ९० जनासम्मको स्वाब संकलन गरेर परीक्षण गर्न सक्ने क्षमता प्रयोगशालाको रहेको बगालेले बताए । पूर्वी चितवनबाट कोरोना परीक्षण गराउन भरतपुर पुग्नु पर्ने बाध्यतालाई यसले अन्त्य गर्ने विश्वास आफूहरूले लिएको डा. बगालेको भनाई छ । अस्पताल ५० शय्याको प्रदेशस्तरको अस्पताल हो ।
जिल्लामा यसअघि भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा गरी चार ठाउँमा पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको थियो ।














नवलपरासीपूर्वमा‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न आधिकारिक निकायकाे अनुरोध
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया